याङ्जाकोटमा बढ्दै पर्यटक « Khabarhub

याङ्जाकोटमा बढ्दै पर्यटक


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको छ । मादी गाउँपालिका-३ स्थित याङ्जाकोटमा एक हप्तादेखि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको हो । 

होटल र घरबास (होमस्टे)मा गरी दैनिक एक सय ५० पाहुना राख्न सक्ने याङ्जाकोटमा यतिबेला दैनिक ६०-७० जना आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । यसअघि दैनिक ४०-५० जना पर्यटक आउने गर्थे । 

याङ्जाकोटमा होमस्टे सञ्चालन गर्दै आउनुभएका नारायण गुरुङले पछिल्लो १५ दिनयता गाउँमा आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको बताए। याङ्जाकोटमा यतिबेला साहित्यिक कार्यक्रमसमेत बाक्लिएका छन् । संस्कृतिविद् डा जगमान गुरुङ आफ्नै गाउँमा रहेको बेला विभिन्न समूहले साहित्यिक कार्यक्रम गरेको गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङले बताए ।

पोखराको काँहुखोलाबाट याङ्जाकोटको सडक सुधार भएसँगै पोखराको काँहुखोलाबाट एक घण्टामै याङ्जाकोट पुग्न सकिने भएकाले बिदाका दिन कर्मचारी र सर्वसाधारण यहाँको होमस्टेमा पुग्ने गरेका छन् ।

पोखराको काँहुखोलाबाट जीप तथा बसमा १९ किलोमिटरको दूरी यात्रा गरेपछि याङ्जाकोट पुग्न सकिन्छ । यहाँ पर्यटकलाई स्थानीय उत्पादनका परिकार ख्वाउने गरिएको छ । पर्यटकको रोजाइमा रैथाने परिकार पर्ने गर्छ ।

कोदो तथा फापरको ढिँडो, गुन्द्रुक तथा भट्ट, पिंडालु, तरुल, आलु, मकै, भैँसीको दूध, लोकल कुखुराको मासु जस्ता परिकारको व्यवस्था होमस्टे सञ्चालकले गरेका छन् ।

नयाँ वर्षमा याङ्जाकोट पुगेका पोखरा-१३ का विश्व सिग्देलले याङ्जाकोटवासीको स्वागत, सत्कार र परिकार अग्र्यानिक भएको बताए। पोखराको कोलाहाल वातावरणबाट टाढा रहन हप्ताको एक दिन बजारको नजिकैका यस्ता होमस्टेमा रात बिताउने र विभिन्न सेमिनार त्यहाँ लगेर गर्ने हो भने गाउँको छुट्टै आनन्द लिन सकिने सिग्देलको भनाइ छ ।

दुई सय ५० घर रहेको पर्यटकीय गुरुङगाउँ याङ्जाकोटमा २० भन्दा बढी घरमा होमस्टे सञ्चालनमा छन् । नजिकैको कर्पुडाँडामा हिउँ खेल्नका लागि याङ्जाकोटबाट त्यहाँसम्मको पैदलमार्ग एक वर्षअघि स्तरोन्नति गरिएको थियो ।

यहाँबाट अन्नपूर्ण हिमशृङ्खलाका साथै पर्यटकीय गाउँ सिक्लेस, थाक, लम्तरीडाँडा, ठूलाकोट, काँहु धरहरा, सराङकोट, कास्कीकोट, पुम्दीको शिव मन्दिर, आर्वा, तप्राङ, चित्रे, मादीबेँसीका साथै लमजुङका केही भाग दृश्यावलोकन गर्न सकिन्छ ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ६ : ५९ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका