याङ्जाकोटमा बढ्दै पर्यटक « Khabarhub

याङ्जाकोटमा बढ्दै पर्यटक


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको छ । मादी गाउँपालिका-३ स्थित याङ्जाकोटमा एक हप्तादेखि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको हो । 

होटल र घरबास (होमस्टे)मा गरी दैनिक एक सय ५० पाहुना राख्न सक्ने याङ्जाकोटमा यतिबेला दैनिक ६०-७० जना आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । यसअघि दैनिक ४०-५० जना पर्यटक आउने गर्थे । 

याङ्जाकोटमा होमस्टे सञ्चालन गर्दै आउनुभएका नारायण गुरुङले पछिल्लो १५ दिनयता गाउँमा आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको बताए। याङ्जाकोटमा यतिबेला साहित्यिक कार्यक्रमसमेत बाक्लिएका छन् । संस्कृतिविद् डा जगमान गुरुङ आफ्नै गाउँमा रहेको बेला विभिन्न समूहले साहित्यिक कार्यक्रम गरेको गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङले बताए ।

पोखराको काँहुखोलाबाट याङ्जाकोटको सडक सुधार भएसँगै पोखराको काँहुखोलाबाट एक घण्टामै याङ्जाकोट पुग्न सकिने भएकाले बिदाका दिन कर्मचारी र सर्वसाधारण यहाँको होमस्टेमा पुग्ने गरेका छन् ।

पोखराको काँहुखोलाबाट जीप तथा बसमा १९ किलोमिटरको दूरी यात्रा गरेपछि याङ्जाकोट पुग्न सकिन्छ । यहाँ पर्यटकलाई स्थानीय उत्पादनका परिकार ख्वाउने गरिएको छ । पर्यटकको रोजाइमा रैथाने परिकार पर्ने गर्छ ।

कोदो तथा फापरको ढिँडो, गुन्द्रुक तथा भट्ट, पिंडालु, तरुल, आलु, मकै, भैँसीको दूध, लोकल कुखुराको मासु जस्ता परिकारको व्यवस्था होमस्टे सञ्चालकले गरेका छन् ।

नयाँ वर्षमा याङ्जाकोट पुगेका पोखरा-१३ का विश्व सिग्देलले याङ्जाकोटवासीको स्वागत, सत्कार र परिकार अग्र्यानिक भएको बताए। पोखराको कोलाहाल वातावरणबाट टाढा रहन हप्ताको एक दिन बजारको नजिकैका यस्ता होमस्टेमा रात बिताउने र विभिन्न सेमिनार त्यहाँ लगेर गर्ने हो भने गाउँको छुट्टै आनन्द लिन सकिने सिग्देलको भनाइ छ ।

दुई सय ५० घर रहेको पर्यटकीय गुरुङगाउँ याङ्जाकोटमा २० भन्दा बढी घरमा होमस्टे सञ्चालनमा छन् । नजिकैको कर्पुडाँडामा हिउँ खेल्नका लागि याङ्जाकोटबाट त्यहाँसम्मको पैदलमार्ग एक वर्षअघि स्तरोन्नति गरिएको थियो ।

यहाँबाट अन्नपूर्ण हिमशृङ्खलाका साथै पर्यटकीय गाउँ सिक्लेस, थाक, लम्तरीडाँडा, ठूलाकोट, काँहु धरहरा, सराङकोट, कास्कीकोट, पुम्दीको शिव मन्दिर, आर्वा, तप्राङ, चित्रे, मादीबेँसीका साथै लमजुङका केही भाग दृश्यावलोकन गर्न सकिन्छ ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ६ : ५९ बजे

विकास तथा भवन निर्माणमा ४८ करोडका योजना

दमौली– सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीले तनहुँ

विजय दिवस मनाउन भारत–बङ्गलादेशद्वारा भ्रमण आदानप्रदान

एजेन्सी– भारत र बङ्गलादेशले सन् १९७१ को मुक्ति युद्धको स्मृतिमा

युरोप नेपाल हेल्थ अवार्ड नेपाल चिकित्सक संघलाई 

काठमाडौं– नेपाल चिकित्सक संघले युरोप नेपाल हेल्थ अवार्ड २०२५ प्राप्त

पूर्वमाओवादीहरू एमालेमा हराउने संकेत, ७५ प्रतिशत पूर्वकेन्द्रीय सदस्य दुवै प्यानलमा परेनन्

काठमाडौं– तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण प्रक्रियाबाट एमालेमा नै

कोरियाली पर्यटन प्रवद्र्धनका लागि टान र काटाबीच समझदारी

काठमाडौं–  कोरियाली पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ट्रेकिङ एजेसिस् एसोसिएसन अफ