इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली « Khabarhub

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा उद्धारका लागि रुसले विशेष टोली पठाएको छ।

आइतबार राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना भएपछि खराब मौसमका कारण उद्धारमा समस्या भएपछि रुसले विशेष टोली पठाएको बिबिसीको खबरमा उल्लेख छ।

आइतबार खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ। राष्ट्रपतिको खोजी जारी रहेको र उनको अवस्थाबारे कुनै खबर प्राप्त नभएको सरकारी सञ्चारमाध्यमले बताएका छन्।

रुसले राष्ट्रपति राईसीको खोजीमा मद्दत गर्न इरानमा उद्धार टोली पठाएको रुसी सरकारी सञ्चारमाध्यमले जनाएका हुन। उद्धार टोलीलाई राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना भएको इरानी सहर ताब्रिजमा उडाइने बताइएको छ।

राष्ट्रपति सवार हेलिकप्टर पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा दुर्घटना भएको थियो। खराब मौसमका कारण दुर्घटनापछिका अन्य विवरण प्राप्त हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

हेलिकप्टरमा विदेशमन्त्री होसेन अमीर-अब्दुल्लाहियानसमेत सहभागी भएको बताइएको छ।

“खराब मौसम र बाक्लो कुहिरोका कारण उद्धार टोलीलाई दुर्घटनास्थलमा पुग्न कठिन भएको छ”, त्यहाँका सरकारी सञ्चारमाध्यमले भनेका छन्।

आधिकारिक आइआरएनए समाचार एजेन्सीका अनुसार आइतबारको दुर्घटना वारजाघन सहरनजिकै दिमारको पहाडी संरक्षित वन क्षेत्रमा भएको हो।

६३ वर्षीय रायसी आइतबार प्रान्तको भ्रमणमा आएका थिए। त्यहाँ उनले आफ्ना अजरबैजानी समकक्षी इल्हाम अलिएभसँग मिलेर दुई देशको सीमामा बाँध परियोजनाको उद्घाटन गरेका थिए।

उनको सवारीमा तीनवटा हेलिकप्टर थिए। अन्य दुई हेलिकप्टर सुरक्षितरूपमा आफ्नो गन्तव्यमा पुगेको तस्निम समाचार एजेन्सीले जनाएको छ। हेलिकप्टरमा विदेशमन्त्री र स्थानीय अधिकारी रायसीकै हेलिकप्टरमा सवार रहेको आइआरएनएले जनाएको छ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ५ : ३९ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने