इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली « Khabarhub

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा उद्धारका लागि रुसले विशेष टोली पठाएको छ।

आइतबार राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना भएपछि खराब मौसमका कारण उद्धारमा समस्या भएपछि रुसले विशेष टोली पठाएको बिबिसीको खबरमा उल्लेख छ।

आइतबार खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ। राष्ट्रपतिको खोजी जारी रहेको र उनको अवस्थाबारे कुनै खबर प्राप्त नभएको सरकारी सञ्चारमाध्यमले बताएका छन्।

रुसले राष्ट्रपति राईसीको खोजीमा मद्दत गर्न इरानमा उद्धार टोली पठाएको रुसी सरकारी सञ्चारमाध्यमले जनाएका हुन। उद्धार टोलीलाई राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना भएको इरानी सहर ताब्रिजमा उडाइने बताइएको छ।

राष्ट्रपति सवार हेलिकप्टर पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा दुर्घटना भएको थियो। खराब मौसमका कारण दुर्घटनापछिका अन्य विवरण प्राप्त हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

हेलिकप्टरमा विदेशमन्त्री होसेन अमीर-अब्दुल्लाहियानसमेत सहभागी भएको बताइएको छ।

“खराब मौसम र बाक्लो कुहिरोका कारण उद्धार टोलीलाई दुर्घटनास्थलमा पुग्न कठिन भएको छ”, त्यहाँका सरकारी सञ्चारमाध्यमले भनेका छन्।

आधिकारिक आइआरएनए समाचार एजेन्सीका अनुसार आइतबारको दुर्घटना वारजाघन सहरनजिकै दिमारको पहाडी संरक्षित वन क्षेत्रमा भएको हो।

६३ वर्षीय रायसी आइतबार प्रान्तको भ्रमणमा आएका थिए। त्यहाँ उनले आफ्ना अजरबैजानी समकक्षी इल्हाम अलिएभसँग मिलेर दुई देशको सीमामा बाँध परियोजनाको उद्घाटन गरेका थिए।

उनको सवारीमा तीनवटा हेलिकप्टर थिए। अन्य दुई हेलिकप्टर सुरक्षितरूपमा आफ्नो गन्तव्यमा पुगेको तस्निम समाचार एजेन्सीले जनाएको छ। हेलिकप्टरमा विदेशमन्त्री र स्थानीय अधिकारी रायसीकै हेलिकप्टरमा सवार रहेको आइआरएनएले जनाएको छ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ५ : ३९ बजे

एक करोड ९१ लाखको लागतमा चिस्यान केन्द्र

 तनहुँ– जिल्लाको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा एक करोड ९१ लाख

इन्टरनेटजन्य असुरक्षाबाट बच्न काठमाडौं महानगरको डिजिटल साक्षरता कार्यक्रम

काठमाडौं– काठमाडौँ महानगरपालिकाले नगरवासीलाई विद्युतीय सेवासम्बन्धी काम गर्न सक्षम बनाउनका

विद्युत् नियमन आयोगलाई साफिरको सदस्यता लिन स्वीकृति

काठमाडौं– नेपाल ऊर्जा क्षेत्रको नियमनकारी निकायका रूपमा रहेको विद्युत् नियमन

पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव

गण्डकी– कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ भोलि पोखरा महानगरपालिका–१९ पुरनचौरको

भेटी परिचालन गरेर गलेश्वरलाई उज्यालो बनाइयो

म्याग्दी– भक्तजनले चढाएको भेटीमार्फत भएको आम्दानी परिचालन गरेर म्याग्दीको बेनी