लोकसभा चुनाव : ४९ सिटका लागि राहुल गान्धीसहति ६९५ उम्मेदवार मैदानमा « Khabarhub

लोकसभा चुनाव : ४९ सिटका लागि राहुल गान्धीसहति ६९५ उम्मेदवार मैदानमा


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – लोकसभा चुनावको पाँचौ चरणको लागि आज बिहान ७ बजेदेखि नै मतदान भइरहेको छ । ६ राज्य र २ केन्द्र शासित प्रदेशको ४९ सिटका लागि मतदान भइरहेको छ । पाँचौ चरणमा काँग्रेस अध्यक्ष राहुल गान्धी, रक्षामन्त्री राजनाथ सिंहसहितका नेताको प्रतिस्पर्धालाई महत्त्वका साथ हेरिएको छ ।

उत्तर प्रदेशको रायबरेली सिटमा राहुल गान्धी उम्मेदवार छन् । उनी केरलको वायनाड सिटमा पनि मैदानमा छन् । रायबरेली सिट नेहरु–गान्धी परिवारको पारम्परिक सिट मानिन्छ । तर कहिलेकाहीँ भने परिवारले आफनो कोही नजिकैको नातेदारलाई पनि चुनावी मैदानमा उतारेको छ ।

सन् २००४ देखि सोनिया गान्धी लगातार रायबरेलीबाट सांसद् रहेकी छिन् । २०२४ को लोकसभा चुनाव सुरु हुन अघि नै सांसद् सोनिया गान्धी राज्यसभामा गएकाले यसपाली राहुल गान्धीलाई पार्टीले उम्मेदवार बनाएको छ । अब यो सिटमा राहुल गान्धीका प्रतिस्पर्धी भारतीय जनता पार्टी (बिजेपी)का दिनेश सिंह छन् । अघिल्लो चुनावमा पनि दिनेश नै बिजेपीका उम्मेदवार थिए ।

२०१४ र २०१९ को लोकसभा चुनावमा लखनउबाट निर्वाचित राजनाथ सिंह अहिले रक्षा मन्त्री छन् । उनी फेरि पनि मैदान उत्रिएका छ । यस पटक राजनाथ सिंहविरुद्ध लखनउ सेन्ट्रलका विधायक सामाजवादी पार्टीका नेता रविदास मेहरोत्रा चुनावी मैदानमा छन् । लखनउ सिट बिजेपीको गढको रुपमा लिइन्छ ।

सोमबार मतदान भएको चुनावमा गान्धी र सिंहबाहेक केन्द्रीय मन्त्री स्मृति इरानी, जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लासमेत कुल ६ सय ९५ उम्मेदवार मैदानमा छन् ।

पाँचौ चरणमा सोमबार महाराष्ट्रका १३, उत्तर प्रदेशका १४, पश्चिम बंगालका सात, बिहार र ओडिशाका ५/५, झारखण्डका ३, जम्मु-कश्मिर र लद्दाखमा एकएक सिटमा गरेर ४९ सिटमा मतदान हुन लागेको हो।

पाँचौ चरणको चुनावमा चार करोड २६ लाख महिला र पाँच हजार ४०९ तेस्रो लिंगीसहित कुल आठ करोड ९५ लाखले मतदान गर्दैछन्।

यसअघि भारतमा पहिलो चरणमा २१ राज्यका १०२ संसदीय सिट, दोस्रो चरणमा १३ राज्यका ८९, तेस्रो चरणमा १२ राज्यको ९४ र चौथो चरणमा १० राज्यका ९६ सिटका लागि मतदान भइसकेको छ।

यो पनि पढ्नुहोस्

तस्बिर : बिबिसी हिन्दी

भारत लोकसभा पाँचौ चरणको चुनाव आज

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  १० : ०८ बजे

महाशिवरात्रि : पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको भिड

काठमाडौं– महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि देवाधिदेव महादेवको पूजा

स्वास्थ्य बीमामा डिजिटल फड्को : खर्च विवरण अब मोबाइलमै

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितहरूको सहजता, पारदर्शिता र सूचनामा पहुँच

नाइजेरियामा बस-ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ७ जना घाइते

अबुजा– नाइजेरियाको दक्षिण पूर्वी क्षेत्रमा शनिबार साँझ यात्रुवाहक बस र

आठ वर्षपछि निर्देशनमा फर्किँदै रेखा; फिल्ममा दुई मिस नेपाल र नीति

काठमाडौं – नायिका रेखा थापा ८ वर्षपछि निर्देशनमा फर्किने भएकी

नेमकिपाको घोषणा पत्र : ठूला भ्रष्टाचारीलाई ज्यान सजायको कानुनी व्यवस्थाका लागि संघर्ष गर्ने

भक्तपुर- नेपाल मजदुर किसान पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि