प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपा सांसदलाई ‘ह्वीप’ « Khabarhub

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपा सांसदलाई ‘ह्वीप’


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरुलाई ह्विप लगाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा विश्वासको मत लिन लागेकाले रास्वपाले आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको हो ।

रास्वपाले प्रधानमन्त्रीले लिने विश्वासको मतमा संसदमा अनिवार्य उपस्थित भइ पक्षमा मतदान गर्न निर्देशन गरेको हो ।

‘हाम्रो पार्टी वर्तमान सरकार साझेदारीको एक प्रमुख पार्टी भएकाले पार्टीको ससदीय दलको निर्णय अनुसार बैठकमा अनिवार्य उपस्थिति जनाउन र प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न सम्पूर्ण प्रतिनिधि सभा सदस्यज्यूहरूलाई यो ह्विप जारी गरिएको छ,’ प्रमुख सचेतक सन्तोष परियारद्वारा जारी गरिएको ह्विप पत्रमा भनिएको छ ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ११ : १४ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित