प्रधानमन्त्रीले चौथो पटक विश्वासको मत लिँदा को-को अनुपस्थित थिए ? | Khabarhub Khabarhub

प्रधानमन्त्रीले चौथो पटक विश्वासको मत लिँदा को-को अनुपस्थित थिए ?


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत लिँदा नेकपा एमालेका दुई सांसद अनुपस्थित रहे ।

एमालेका ७९ जना सांसद रहेकोमा ७६ मत प्रधानमन्त्रीको पक्षमा खस्यो । नक्कली शरणार्थी प्रकरणमा मुद्दा चलेर निलम्बनमा रहेकाले एमाले सांसद टोपबहादुर रायमाझीलाई मताधिकार छैन । उनी हाल जेलमा छन् ।

त्यस्तै अर्का एमाले सांसद बसन्त नेम्वाङ अस्वस्थ रहेकाले लामो समयदेखि उपचाररत छन् । पाँचथरका उनी प्यारालाइसिसको उपचारका क्रममा छन् ।

उता एमालेबाट निर्वाचित देवराज घिमिरे सभामखु रहेकाले उनले मत प्रयोग गर्न पाउँदैनन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद हाल युरोप यात्रामा रहेकाले मतदानमा सहभागी भएनन् ।

नागरिक उन्मुक्तिका पार्टीका गंगाराम चौधरी पनि संसद्‍मा अनुपस्थित रहे । नाउपामा रेशम चौधरी पक्षधर उनी संसद्‍मै अनुपस्थित रहे ।

विश्वासको मतमा अनुपस्थित
१. प्रकाश ज्वाला (नेकपा एकीकृत समाजवादी)- युरोप यात्रामा
२. गंगाराम चौधरी (नागरिक उन्मुक्ति पार्टी)
३. वसन्त नेम्बाङ (नेकपा एमाले) – बिरामी
४. टोपबहादुर रायमाझी-(निलम्बन)

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  २ : ०८ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले