बलात्कारपछि किशोरीलाई इँटाभट्टामा जलाउने दुईजनालाई फासीको सजाय | Khabarhub Khabarhub

बलात्कारपछि किशोरीलाई इँटाभट्टामा जलाउने दुईजनालाई फासीको सजाय


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको राजस्थान राज्यस्थित भिलवाडा जिल्लाको कोटडीमा एकजना नाबालिगमाथि भएको सामूहिक बलात्कार प्रकरणका दुईजनालाई फासीको सजाय भएको छ ।

नाबालिगलाई सामूहिक बलात्कारपछि जिँदै इँटाभट्टामा हालेर जलाएको प्रकरणमा संलग्न ९ जनामध्ये २ जनालाई अदालतले सोमबार फासीको सजाय सुनाएको हो ।

भीलवाडाो पोक्सो अदालत-२ ले दोषीलाई फासीको सजाय सुनाएहो ।

२ अगस्ट २०२३ को यस घटनापछी पुलिसले अनुसन्धान अघि बढाएर ९ जनालाई गिरफ्तार गरेको थियो ।

अदालतले यही शनिबार सात अभियुक्तलाई रिहा गर्दै कालु र कान्हालाई दोषी ठहर गरेको हो ।

सफाइ दिइएका सात अभियुक्तमध्ये दोषी कालु र कान्हाकी पत्नी, आमा र बहिनी छन् ।

दुवै दोषीलाई फासीको सजाय सुनाइएपछि मृतक नाबालिगकी आमाले अदालतबाहिर सञ्चारमाध्यमलाई भनिन्, ‘अब हामीलाई न्याय मिलेको छ ।’

दोषीलाई सजाय मिलेपछि पूर्व मुख्यमन्त्री अशोक गहलोतले सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै लेखेका छन्, ‘अगस्ट २०२३ मा भिलवाडाको कोटडीमा बालिकामाथि बलात्कार र हत्याको मामिलामा अदालतबाट दोषीलाई मृत्युदण्डको सजाय सुनाइनु स्वागतयोग्य छ ।’

करिब एक महिनामै यस केसको मुद्दाको फाइल तयार गरिएको थियो । अब करिब १० महिनापछि यस प्रकरणका दुईजना दोषीलाई फासीको सजाय सुनाइएको हो ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ५ : ०७ बजे

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक