बाग्मतीमा विषयगत समितिका सभापतिले लिए शपथ « Khabarhub

बाग्मतीमा विषयगत समितिका सभापतिले लिए शपथ


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बाग्मती प्रदेशका सभामुख भुवनकुमार पाठकले प्रदेशसभा अन्तर्गत रहेका विषयगत समितिका नवनिर्वाचित सभापतिलाई आज एक समारोहबीच पद तथा गोपनीयताको शपथ गराएका छन्  । 

प्रदेशसभा नियमावली २०७४ अनुसार अब विषयगत छ समिति रहने व्यवस्था गरिएको छ । उक्त विषयगत समितिअन्तर्गत पर्ने प्रदेश मामिला समितिको सभापतिमा छिरिङदोर्जे लामा, सार्वजनिक लेखा समितिको सभापतिमा श्रीराम लामिछाने र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिमा ठाकुरप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । 

यसैगरी, अर्थ तथा विकास समितिको सभापतिमा नुर बज्राचार्य, उद्योग, पर्यटन तथा वातावरण समितिको सभापतिमा आनन्दकुमार श्रेष्ठ र विशेषाधिकार समितिको सभापतिमा मायादेवी शर्मा पनि निर्विरोध निर्वाचित भए।

प्रदेशसभाको पहिलो कार्यकालअन्तर्गत विषयगत पाँच समिति रहेकामा हाल सर्वदलीय संयुक्त बैठकको निर्णय भएअनुसार विशेषाधिकार समिति गठन गरिएको र त्यसलाई प्रदेशसभाको बैठकले स्वीकृत प्रदान गरेको थियो । 

प्रदेशसभाको बैठकले स्वीकृति प्रदान गरेअनुसार विशेषाधिकार समितिले पनि स्थायित्व प्रदान गरिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक मधुसूदन पौडेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए। 

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ६ : २० बजे

विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा उभियो भारत 

एजेन्सी– भारतले जापानलाई पार गर्दै विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा

कीर्तिमानी प्रधानमन्त्री बनेर अस्ताएकी खालिदा

खालिदा जिया बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री र बंगलादेश नेशनलिस्ट पार्टीकी

शीतलहर प्रभावित क्षेत्रमा दाउरा वितरण

राजविराज– शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि राजविराज नगरपालिकाले नगर क्षेत्रभित्र

कुलमान रास्वपामा विलय हुँदा पूर्वका पहिचानवादी बिलखबन्द

काठमाडौं- कुलमान घिसिङले उज्यालो नेपाल पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय

सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छ : मन्त्री घिसिङ

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मत ढिलाइ