आज २०८१ साल असार ६ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल असार ६ गते बिहीबारको राशिफल


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असार ६ गते बिहीबार तदनुसार सन् २०२४ जुन २० तारिख। जेठ शुक्ल पक्षको त्रयोदशी तिथि, विश्व शरणार्थी दिवस। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : समय संघर्षपूर्ण छ। बोल्दा सोचेर बोल्नु राम्रो हुनेछ। पूर्व योजना सफल हुनेछन्। समाजमा न्याय पाउने योग छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारमा विवाद हुने जोखिम छ।

वृष : समय रमाइलो छ। व्यापारमा फाइदा हुनेछ। घरमा शान्ति मिल्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। रोजगारीको विकल्प स्वदेशमै प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : मन अशान्त हुने देखिन्छ। बिहान धार्मिक कार्यमा संलग्न भएमा सोचेको काम बन्नेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापार र व्यवसायमा लगानी गरेको भए नाफा हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

कर्कट : झुटा आरोप लाग्ने जोखिम देखिन्छ। सामाजिक र राजनीतिक क्षेत्रमा विवाद बढ्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। ठुलो उद्योगको सुरुवात नगर्नु राम्रो हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

सिंह : दिन राम्रो छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा गरेको प्रयासबाट सफलता प्राप्त हुनेछ। अप्रिय समाचार सुन्नुपर्ने हुनसक्छ। यस्ता खबरले खानपानमा समस्या हुनेछ। परिवारमा विवाद बढ्ने देखिन्छ।

कन्या : समय राम्रो छ। आम्दानीले मनमा उत्साह बढाउने छ। लगानीका क्षेत्रमध्ये कृषि र पशुपन्छीको तर्फबाट राम्रो फाइदा हुनेछ। परिवारमा रमाइलो भेटघाट हुनेछ। दैनिकी सहज बन्नेछ देखिन्छ।

तुला : पुरानो सम्पत्ति प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा चासो बढ्नेछ। सामाजसेवाको अवसर प्राप्त हुनेछ। शिक्षाको लगानीबाट उत्साह थपिनेछ। खानपानमा ख्याल नगर्नाले स्वास्थ्यमा समस्या हुने जोखिम छ।

वृश्चिक : समय संघर्षपूर्ण छ। समस्याको समाधान खोज्नु आवश्यक देखिन्छ। मनको कुरा सार्वजनिक नगर्नु राम्रो हुनेछ। लगानी भए शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। स्वास्थ्यमा ख्याल नगर्दा रोगले सताउने खतरा देखिन्छ।

धनु : श्रमको फल अरुले लिने जोखिम देखिन्छ। अधिकारका लागि प्रतिवाद गर्नु आवश्यक हुन्छ। लगानीका अवसर धेरै छन्। शिक्षाको लगानीबाट फाइदा हुने देखिन्छ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : सञ्चित धन खर्च हुने योग छ। परिवार र साथीसँग रमाइलो गर्ने नाममा खानपानमा ख्याल नगर्दा रोग बढ्ने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको रचनात्मक साथ प्राप्त हुनेछ।

कुम्भ : मनमा अशान्ति बढ्नेछ। लगानी गरेको क्षेत्रमा विवाद हुनेछ। शनिदेवलाई खुशी पार्न वर र पिपलको दर्शन गर्नु राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा परिवारमा मेलमिलाप हुनेछ।

मीन : घमण्ड बढ्ने जोखिम छ। बोल्नु अगाडि सोच्नु राम्रो हुन्छ। लगानीका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ। व्यापारमा नाफा हुने योग छ। परिवारमा बौद्धिक टकराब हुने देखिन्छ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ५ : ०६ बजे

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम