विश्वकप सुपर ८ : इंग्ल्याण्डसँग वेस्ट इन्डिज ८ विकेटले पराजित « Khabarhub

विश्वकप सुपर ८ : इंग्ल्याण्डसँग वेस्ट इन्डिज ८ विकेटले पराजित


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर ८ अन्तर्गत दोस्रो खेलमा वेस्ट इन्डिज इंग्ल्याण्डसँग ८ विकेटले पराजित भएको छ।

सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य इंग्ल्याण्डले १७.३ ओभरमा मात्र दुई विकेट गुमाएर भेट्टाएको हो। इंग्ल्याण्डका लागि विष्फोटक ब्याटिङ गरेका फिल साल्टले ४७ बलमा ७ चौका र ५ छक्काको मद्तमा  नटआउट ८७ रन बनाए। जोनी बेयरस्टोले नटआउट ४८ रन बनाउँदा पाँच चौका र दुई छक्का हिर्काए। कप्तान जोस बटलर २५ रनमा आउट हुँदा मोइन अलीले १३ रन जोडे

इंग्ल्यान्डका ब्याट्सम्यानविरुद्ध कमजोर बलिङ गरेको वेस्ट इन्डिजका लागि आन्द्रे रसेल र रोस्टन चेसले एकएक विकेट लिए।

टस हारेर सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले सर्वाधिक ३८ रन बनाए। निकोलस पुरन र कप्तान रोभम्यान पावेलले समान ३६-३६ रन बनाए। सम्हालिएर खेलेका पुरनले ३२ बलमा ४ चौका र १ छक्का प्रहार गरे भने आक्रामक ब्याटिङ गरेका पावेलले १७ बलमा ५ छक्का प्रहार गरे। शेर्फेन रदरफोर्डले नटआउट २८ रन बनाएको खेलमा ब्रान्डन राजाले २३ रन हिर्काए।

इंग्ल्याण्डका लागि जोफ्रा आर्चर, आदिल रशीद, मोइन अली र लियाम लिभिङस्टोनले समान एकएक विकेट हात पारे।यो जितसँगै सुपर ८ को समूह २ मा रहेको इंग्ल्याण्डले दुई अंक जोडेको छ।

इंग्ल्याण्डविरुद्ध ब्याटिङ गर्दै वेस्ट इन्डिजका कप्तान रोभम्यान पावेल । तस्बिरः क्रिकइन्फो

समूह चरणका सबै खेलमा विजयी भएको वेस्ट इन्डिज सुपर ८ को पहिलो खेलमा पराजित भएको हो।

बुधबार राति भएको समूह २ कै पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकामाथि शानदार जित निकालेको छ। सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले दिएको १९५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको अमेरिकाले ६ विकेटको क्षतिमा १७६ रन बनाउँदा १८ रनको पराजय भोगेको हो।

वेस्ट इन्डिज र इंग्ल्याण्डका कप्तान । तस्बिरः क्रिकइन्फो

सुपर ८ को समूह २ मा दक्षिण अफ्रिका र इंग्ल्याण्डले दुईदुई अंक जोड्दा अमेरिका र वेस्ट इन्डिजले एकएक खेल गुमाएका छन्।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ९ : ५९ बजे

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको