मेचीनगरका वडामा छैनन् नागरिक बडापत्र | Khabarhub Khabarhub

मेचीनगरका वडामा छैनन् नागरिक बडापत्र


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

झापा– मेचीनगर नगरपालिकाका सबै वडा कार्यालयले अझैसम्म वडावासीलाई प्रदान गरिने सेवा, सुविधा, लाग्ने शुल्क र समयसीमा किटान गरिएको ‘नागरिक बडापत्र’ राखेका छैनन् ।

कार्यालयमा बडापत्र नराख्दा सेवाग्राही मर्कामा परेका छन् । बडापत्र कार्यालयमा नहुँदा सेवाग्राही काम कहाँ गराउने, सम्पर्क कसलाई गर्ने, शुल्क र समय कति तिर्ने भन्ने विषयमा अन्योलमा पर्ने गरेका जनाइएको छ ।

मेचीनगर नगरपालिकामा १५ वटै वडामा नागरिक बडापत्र राखिएका छैनन् । हरेक सरकारी कार्यालय परिसरमा सेवाग्राहीले देख्न सकिने ठाउँमा नागरिक बडापत्र राख्नुपर्ने कानुनी व्यवस्था छ । मेचीनगरका वडा कार्यालयले यो नियम पालना गरेका छैनन् ।

मेचीनगर–१० का सम्रता न्यौपानेले कार्यालयमा बडापत्र नराख्दा सेवा लिन जाँदा झन्झट बेहोर्नुपरेको गुनासो गरिन् ।

उनले आफूले कर्मचारीसँग सोधेरै काम गराउनुपरेको र सरकारी दस्तुर कति लाग्ने भन्नेबारे पनि कर्मचारीबाटै जानकारी लिनुपरेको बताइन् । सेवाग्राहीलाई झन्झटबाट मुक्त गराउन पनि कार्यालयमा नागरिक बडापत्र अनिवार्य रहेको उनको भनाइ छ ।

नागरिक बडापत्र हालसम्म कार्यालयमा नभएको वडा नम्बर ६ का अध्यक्ष ललित तामाङले तत्काल बनाउन कर्मचारीलाई निर्देशन दिएको बताए ।

मेचीनगर –७ का वडाध्यक्ष प्रह्लादमणि ओलीले नागरिकको सूचनाको हक सुनिश्चित गर्नका लागि नागरिक बडापत्र आवश्यक रहने बताए । उनले नगरपालिका कार्यालयबाटै बडापत्र बनाएर पठाउने भनेकाले अहिलेसम्म पर्खिएर बसेको जनाउँदै अब अन्यको बाटो नहेर्ने र आफैँ नागरिक वडापत्र राख्न लागेको बताए ।

 

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  १२ : १५ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं