काठमाडौं महानगरका विभागीय प्रमुखको गाडी बरामद  « Khabarhub

काठमाडौं महानगरका विभागीय प्रमुखको गाडी बरामद 


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले एक विभागीय प्रमुखले लामो समयदेखि दुरुपयोग गर्दै आएको गाडी बरामद गरेको छ । 

महानगरपालिकाले ईयूले अनुदानमा दिएको ‘बि एए ४८२०’ नम्बर प्लेटको मारुती सुजुकी कार कार्यालय समयमा बालाजुस्थित निवासबाट बरामद गरेको हो । 

उक्त गाडी लामो समयदेखि महानगरका एक १० औँ तहका विभागीय प्रमुखको जिम्मा थियो । ती विभागीय प्रमुख महानगरबाट फोटोन कम्पनीको अर्को गाडी चढ्दै आएका थिए भने मारुती सुजुकीमा सरकारी नम्बर प्लेट नराखेरै आफ्नी श्रीमतीलाई दिएका थिए । 

महानगरपालिकामा परेको उजुरीका आधारमा अनुसन्धान गर्ने क्रममा उक्त गाडी बालाजुमा १० तहका एक विभागीय प्रमुखकी श्रीमतीबाट बरामद गरिएको महानगर स्रोतले जनाएको छ । स्रोतका अनुसार उक्त गाडी ती विभागीय प्रमुखले सात वर्ष पहिले नै महानगरबाट लिएका थिए । 

‘बायो ग्यास प्लान्ट सञ्चालनमा छैन । तर, गाडी विभागीय प्रमुखले आफ्नो घरायसी प्रयोजनमा लगाएको भन्ने गोप्य उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा गाडी महानगरले तानेको हो,’ स्रोतले भने, ‘गाडीका चाबी उनकी श्रीमतीसँग फेला परेको छ । गाडीमा घरायसी प्रयोजनका खाद्य सामग्री पनि फेला परेको छ । गाडी कार्यालयमा ल्याएर राखेका छौँ । आवश्यक छानबिनको तयारी हुँदै छ ।’

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  १ : २६ बजे

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर

रियलको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा

अण्डाको माग र मूल्य बढ्यो

चितवन– बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमशः बढ्दै गएको

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित