नेप्सेमा प्रि–ओपन सेसन भनेको के हो ? शेयर कतिमा किनबेच गर्ने ? « Khabarhub

नेप्सेमा प्रि–ओपन सेसन भनेको के हो ? शेयर कतिमा किनबेच गर्ने ?


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा शेयर कारोबार गर्ने एउटा मात्र बजार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) छ । नेप्सेमा सामान्यतयाः बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म शेयर कारोबार हुन्छ, त्यो पनि आइतबारदेखि बिहीबारसम्म मात्र ! यसबीच पनि कुनै सार्वजनिक बिदा परेमा त्यो दिन कारोबार हुँदैन ।

शेयर बजारमा चासो राख्ने वा सुन्ने व्यक्तिले प्रि–ओपन सेसनबारे कतै न कतै सुन्ने गरेको छन् । यो सामग्रीमा शेयर बजारमा प्रि–ओपन सेसनबारे सङ्क्षिप्त छ ।

प्रि–ओपन सेसन भनेको पनि शेयर कारोबार हुने अवधिमध्ये शुरुवाती समय  हो । जसरी तपाईंले बिहान ११ देखि बेलुकी ३ बजेसम्म शेयर कारोबार गर्ने गर्नुहुन्छ, त्यसरी नै प्रि-ओपन सेसनमा पनि नेप्सेमा सूचिकृत भएका विभिन्न कम्पनीको शेयर खरिद-बिक्री गर्नु सक्नुहुन्छ ।

तर, प्रि-ओपन सेसन ११ बजे भन्दा अघिको अवधि हो । नेप्सेले प्रि–ओपन सेसन अन्तर्गत बिहान १०ः३० देखि १०ः४५ बजेसम्म कारोबार गर्न दिन्छ । उक्त सेसनमा नेप्सेमा सूचीकृत कम्पनीका शेयर किन्न मिल्छ । १०ः४५ देखि ११ बजेसम्म अर्थात १५ मिनेटको अवधिमा कुनै पनि कम्पनीको शेयर कारोबार हुँदैन ।

प्रि–ओपन सेसनमा अघिल्लो दिनमो मूल्यभन्दा ५ प्रतिशत बढाएर वा घटाएर मात्र कारोबार गर्ने सकिन्छ । त्यो भन्दा बढी मूल्य राखेर प्रि–ओपन सेसनमा शेयर कारोबार गर्न पाइँदैन ।

उदाहरणको रूपमा- ‘क’ नामको कुनै कम्पनीको शेयर प्रतिकिता १०० रुपैयाँमा अघिल्लो दिन कारोबार बन्द भएको छ । सो कम्पनीको शेयर राम भन्ने व्यक्तिले प्रि-ओपन सेसनमा खरिद गर्दा प्रतिकिता १०५ रुपैयाँसम्म मात्र बढाएर किन्न पाउँछन् । त्यो भन्दा कम अर्थात्‌ १०१, १०२, १०३ र १०४ रुपैयाँ प्रतिकितामा रामले खरिद गर्ने पाउँछन्‌ । तर प्रतिकित्ता १०६ रुपैयाँ वा सो भन्दा बढाएर किन्न भने पाउँदैनन् ।

बिक्री गर्दा पनि त्यस्तै प्रक्रिया हुन्छ । यदी ‘ख’ नामक कम्पनीको शेयर प्रतिकिता १०० रुपैयाँ छ । उक्त कम्पनीको शेयर श्यामले प्रि-ओपन सेसनमा बिक्री गर्ने चाहेमा न्यूनतम ९५ रुपैयाँमा बिक्री गर्ने पाउँछन् । तर, ९५ रुपैयाँभन्दा तल अर्थात ९४, ९३ या ९० रुपैयाँ वा अझ कम मूल्यमा भने बिक्री गर्ने पाउँदैनन् ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ५ : २४ बजे

प्यूठानका छुट्टाछुट्टै खोला किनारमा भेटियो ५ जनाको शव

काठमाडौं– प्यूठानका विभिन्न खोला किनारमा बिहीबार बिहान पाँच जनाको शव

गगनप्रति नरम देखिएका देउवाको वक्तव्यका ७ सन्देश

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले करिब पाँच महिना लामो

चोरी भएका ५० थान दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले काठमाडौँ उपत्यकाभित्र विभिन्न

इरानको मृत्युदण्डविरुद्ध ३२ देश

पेरिस- इरानमा प्रदर्शनकारी तथा सरकारविरोधी गतिविधिमा संलग्न व्यक्तिमाथि मृत्युदण्डको प्रयोग बढेको

स्वदेशमा उत्रिएपछि देउवाले भने, ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले करिब पाँच