शुक्रा हाउस डाईग्नोस्टिक र प्रभु बैंकबीच छुट सम्झौता « Khabarhub

शुक्रा हाउस डाईग्नोस्टिक र प्रभु बैंकबीच छुट सम्झौता


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रालिका सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ ।

एक समारोहबीच सेन्टरका तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान र बैंकका तर्फबाट बागमती प्रदेश चिफ प्रोभिन्स अफिसर दीपेन्द्र बाबु विष्टले समझदारीमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका परिवारले शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रालिमा उपचार सेवा लिँदा इन–हाउस रुटिन टेस्टमा २५ प्रतिशत छुट, इन–हाउस स्पेशलाइजेशनमा २० प्रतिशत छुट, आउटसोर्समा १० प्रतिशत छुट र एक्स–रे, यूएसजी, ईसीजी, ईकोमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

छुट सुविधा पाउन बैंकको मान्य डेभिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेस गर्नुपर्ने छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ६ : ०८ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल