भारतीय ‘बाबा ग्याङ’का सदस्य रौतहटबाट पेस्तोलसहित पक्राउ | Khabarhub Khabarhub

सहकारीका कर्मचारीलाई गोली प्रहार प्रकरण

भारतीय ‘बाबा ग्याङ’का सदस्य रौतहटबाट पेस्तोलसहित पक्राउ


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

रौतहट- प्रहरीले रौतहटको मौलापुरबाट एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित एकजना भारतीय युवकलाई पक्राउ गरेको छ ।

मौलापुर नगरपालिका-५ पथराबाट बुधबार दिउँसो भारतीय नागरिक मोनुकुमार जयसवाल पक्राउ परेका हुन् ।

गत जेठ २२ गते बुधरामस्थित माँ बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीलाई गोली हानी फरार रहेकाको खोजीका क्रममा जयसवाल पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेका अनुसार तिनै भारतीय नागरिक उक्त घटनामा संलग्न रहेको आशंका छ । थप

पक्राउ परेका जयसवाल बिहार राज्यको मोतिहारीमा ‘बाबा ग्याङ’ नामक आपराधिक समूहका सदस्य रहेको प्रहरीले जनाएको छ

उनी यसअघि पनि नेपाल-भारत सीमा क्षेत्रमा लुटपाटको घटनामा संलग्न भइरहने र तस्करीमा सक्रिय रहेको उपरीक्षक घिमिरेले बताए ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ६ : १५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका