गिरीबन्धुको लेनदेन उधारोमा राफसाफ ! « Khabarhub

गिरीबन्धुको लेनदेन उधारोमा राफसाफ !

पीडितलाई छत्र गिरीको आश्वासन : ‘मै तिर्छु’


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

बिर्तामोडमा अवस्थित छत्र गिरीको घर र ( इन्सेटमा गिरी  )

झापा- काठमाडौंस्थित संघीय संसद भवनमा ‘गिरीबन्धु चिया बगान प्रकरण’ बारे आवाज उठिरहँदा झापामा यो प्रकरण एक वर्षका लागि ‘राफसाफ’ भएको छ, तर उधारोमा !

गिरीबन्धु टि स्टेटको जग्गा मिलाइदिने भन्दै करिब १०० जनाबाट संकलन गरिएको एक अर्ब रूपैयाँभन्दा बढी रकम चिया बगानका सञ्चालक छत्र गिरी आफैँले तिर्ने आश्वासन पीडितलाई दिएका छन् ।

‘छत्र गिरीसँग हामी पीडितहरूको छलफल भयो,’ जग्गा पाउने आशमा रकम बुझाएका एक पीडितले खबरहबसँग भने,‘ यो रकम म प्रचलित ब्याजसहित फिर्ता गर्छु भनेर उहाँले कागज गरिदिनुभएको छ, अब हामी तोकिएको भाखासम्म पर्खन्छौं, त्यसपछि पनि पैसा पाइएन भने पत्रकार सम्मलेन गर्छौं ।’

पीडितले अगाडि भने, ‘पैसा उठाउने कार्यमा नाम जोडिएका झापा र काठमाडौंका अन्य व्यक्तिसँगको कारोबार आफैँ मिलाउने छत्र गिरीको भनाइ छ । उहाँले म नै जग्गा धनी हुँ, तपाईंहरूको पैसा फिर्ता गर्ने जिम्मा म लिन्छु भन्नुभएको छ ।’

गिरीले ६ महिनादेखि वर्षदिन भित्रमा सबैको पैसा तिरिसक्ने गरी कागज गरिदिएको ती पीडितको भनाइ छ । काठमाडौंका दीपक मल्होत्रासँग भएको कारोबार पनि गिरीले आफैं सल्टाउने जनाएको उनले बताए ।

गिरीबन्धुको जग्गा दिलाइदिने भन्दै झापाका विष्णुबहादुर राई, टंक उप्रेती, राजेन्द्र थापा, टुकेन्द्र अधिकारी र मनोज प्रसाईंले विभिन्न व्यक्तिबाट रकम संकलन गरेका थिए । त्यहाँ उठेको रकम काठमाडौंका व्यवसायी दीपक मल्होत्रासम्म पुगेको बताइएको छ ।

याे पनि

गिरीबन्धुमा कसले झ्वाम बनायो अर्बौं बैना ?

साथै जग्गा विक्री गर्न दिनेगरी क्याबिनेटबाट निर्णय गराउने क्रममा सो रकम राजनीतिक नेताको खल्तीसम्म पुगेको आरोप लाग्दै आएको छ ।

तर, छत्र गिरीसँग छलफलमा बसेका एक पीडितले भने, ‘हामीबाट उठाएको रकम कहाँसम्म पुग्यो, त्यो थाहा भएन । तर, यो सबै जिम्मा छत्र गिरीले लिन्छु भन्नुभएको छ ।’

‘गिरीबन्धका सम्बन्धमा सर्वोच्च अदालतले भूमि ऐनको संशोधनलाई बदर गरेको छैन, प्रक्रिया मात्रै मिलेन भनेको हुनाले भोलि प्रक्रिया पुर्‍याएर गिरीबन्धुको जग्गा विक्री खुल्यो भने तपाईंहरू पैसाको साटो जग्गा नै लिन तयार हो ?’ खबरहबको प्रश्नमा पीडितले कान समाउँदै भने,‘यस्तो विवादित जग्गा अब किनिँदैन ।’

बिर्तामोड बसपार्क नजिकै ५१ बिघा जग्गा किनेर ०६० सालदेखि बसोबास गरिरहेका मानिसको बैंक र मालपोतले जग्गा रोक्का गरिदिएको सुनाउँदै उनले थपे, ‘आफूले किनेको जग्गा २० वर्षसम्म विवादमा पर्छ भने त्यस्तो ठाउँमा अब कसले जग्गा किन्छ ? भो ! अब गिरीबन्धुको चिया बगान सस्तै दिए पनि किनिँदैन ।’

यो पनि

भैंसी धपाउँदै आसामदेखि आएका गिरीबन्धुको ‘भाग्य’

सञ्चालक छत्र गिरीको दाबी : गिरीबन्धु राज्यको सम्पत्ति होइन

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ६ : ५७ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२