गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी आरोपमा काठमाडौं प्रहरीमा जाहेरी « Khabarhub

गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी आरोपमा काठमाडौं प्रहरीमा जाहेरी


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत ठगी आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ। 

लामिछानेविरुद्ध सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले हुलाकमार्फत उक्त जाहेरी दिएका हुन् । 

जाहेरीमा सहकारी ठगी आरोपमा फरार रहेका गितेन्द्रबाबु राईलाई पनि प्रतिवादी बनाइएको छ ।

काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कको नाममा ६४ करोड रुपैयाँ गैरकानुनी रुपमा कर्जा लिई अपचलन गरेको आरोप जाहेरीमा लगाइएको छ । 

जाहेरीमा लामिछाने २०७७ फागुन ११ देखि २०७९ असार १ गतेसम्म गोर्खा मिडिया नेटवर्कको सञ्चालक तथा प्रबन्ध निर्देशकको जिम्मेवारीमा हुँदा स्वर्णलक्ष्मीबाट गोर्खा मिडियाको नाममा ६४ करोड रुपैयाँ गैरकानुनी रुपमा कर्जा लिने कार्यमा संलग्न रहेको उल्लेख छ ।

‘स्वर्णलक्ष्मी सहकारीसम्बन्धी जिल्ला प्रहरी कार्यालय काठमाडौँले गरेको अनुसन्धान प्रतिवेदन, सहकारीसम्बन्धी निकायले गरेको अनुसन्धान प्रतिवेदन साथै विभिन्न राष्ट्रिय मिडियामा सार्वजनिक भएका तथ्यांकहरुलाई मुख्य प्रमाण मानी आवश्यक कारवाही गरि पाऊँ’, जाहेरीमा उल्लेख छ ।

उक्त कसूरमा सहकारी ऐन दफा १२२ को उपदफा (ख), संगठित अपराध निवारण ऐन २०७० र मुलुकी अपराध संहिता २०७४ को दफा २४९ आकर्षित हुने भएकाले निजहरूलाई तत्काल पक्राउ गरी हदैसम्मको कैद सजाय हुन तथा पीडितको रकम फिर्ता गराउन जाहेरीमा माग गरिएको छ ।

स्वर्णलक्ष्मी सहकारीबाट जीबी र रविले ‘सवारी कर्जा’ शीर्षकमा दुई पटक रकम लिएको दाबी गरिएको छ । ०७८ वैशाख ९ गते गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा चारपांग्रे सवारी खरिदका लागि ४६ लाख ४८ हजार रूपैयाँँ कर्जा लिएको पाइएको छ । ०७८ साउन ५ गते पुनः त्यही नाममा ४६ लाख ९८ हजार रूपैयाँँ लिएको भौचर सार्वजनिक भइसकेको छ ।

यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीमा पनि गृहमन्त्री रविविरुद्ध प्रहरीमा जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको पूरक जाहेरीमा रविको नाम पहिलो नम्बरमा थियो ।

जाहेरी

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ८ : ११ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको