बाँदर नियन्त्रण गर्न ‘वनको बाँदर वनैमा’ कार्यक्रम | Khabarhub Khabarhub

बाँदर नियन्त्रण गर्न ‘वनको बाँदर वनैमा’ कार्यक्रम


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखाको पालुङ्टार नगरपालिकाले आगामी आर्थिक वर्षमा बाँदर नियन्त्रणका लागि ‘वनको बाँदर वनैमा’ कार्यक्रम लागू गर्ने भएको छ ।

नगरपालिकाले सार्वजनिक गरेको आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रममा बाँदरबाट बाली जोगाउन नयाँ नीति लागू गर्ने तयारी गरेको नगरप्रमुख विवस चिन्तनले जानकारी दिए ।

‘‘नगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा किसानले लगाउँदै आएका खेतीबालीमा बाँदर, दुम्सी, मृगलगायतका वन्यजन्तुले बढी क्षति पुर्याउने गरेको छ”, उनले भने , ‘‘त्यसका लागि समयमा नियन्त्रणको थालनी नगरे यहाँका किसानहरु कृषि पेशाबाट विस्थापित हुने अवस्था छ ।’’

जङ्गली जनावरबाट बाली जोगाउँदा जनावरको अधिकारको ख्याल गरी प्राकृतिक उपायहरु अवलम्बन गर्ने नीति नगरपालिकाले लिएको छ ।

‘‘कार्यक्रम कार्यान्वयनका लागि नगरक्षेत्र भित्र बाँदरको बढी प्रकोप भएका क्षेत्र पहिचान गरिनेछ”, नगरप्रमुख चिन्तनले भने , ‘‘सोही आधारमा बाँदरलाई जङ्गलमै रोक्न आवश्यक पहल गर्ने गाउँपालिकाको नीति छ ।’’

कार्यक्रमअन्तर्गत बाँदरलगायत वन्यजन्तुबाट अन्नबाली जोगाउन जङ्गलमा फलफूल तथा बोट विरुवा लगाउने योजना छ । बढी प्रकोप रहेका क्षेत्रका किसानलाई बाँदरलगायतका बन्यजन्तुले नष्ट नगर्ने किसिमका बाली लगाउन प्रोत्साहनसहितको कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

“नगरपालिकाको कतिपय क्षेत्रमा खुर्सानी, अदुवा, जौ, बेसार, टिम्मुर, कागती, कटहरजस्ता बालीको सम्भावना रहेको छ”, उनले भने , ‘‘यस्ता बालीबाट प्रशस्त आम्दानी गर्न सकिने र वन्यजन्तुले पु¥याउने क्षतिबाट जोगाउन सकिने भएकाले आगामी आवमा नगरपालिकाले वन्यजन्तुको प्रकोप बढी भएको क्षेत्रमा यस्ता बाली लगाउन किसानलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।’’

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ९ : ४५ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं