पूर्वाधार विकास कार्यालयद्वारा सडक र पुल निर्माण | Khabarhub Khabarhub

पूर्वाधार विकास कार्यालयद्वारा सडक र पुल निर्माण


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्ष २०८०–८१ मा म्याग्दीमा १२ किलोमिटर पक्की सडक निर्माण गरेको छ । सो कार्यालयमार्फत क्रमागत, नयाँ बहुवर्षीय र सालबसालीसहित ८० भन्दाबढी योजना कार्यान्वयन भएका छन् ।

कार्यालयले आठ किलोमिटर सडक कालोपत्र गर्नुका साथै चार किमी सडक ढलान गरेको कार्यालय प्रमुख विष्णुप्रसाद पौडेलले बताए । यस क्रममा दुई मोटरेबल पुल, एउटा झोलुङ्गे पुल तथा ३१ वटा कल्भर्ट निर्माण गरिएका छन् । बाह्र किमी सडक ग्राभेलसमेत गरिएको छ ।

अधुरै रहेका पुराना बहुवर्षीय क्रमागत योजनालाई लयमा फर्काउनुका साथै सात रणनीतिक महत्वका सडक स्तरोन्नति र थप दुई ठाउँमा मोटरेबल पुल निर्माण गर्न बहुवर्षीय योजना कार्यान्वयन भएको प्रमुख पौडेलले बताए ।

आर्थिक वर्ष २०८०–८१ मा ६९ करोड ३२ लाख पुँजीगत बजेट रहेको सो कार्यालयले ५१ करोड ९६ लाख ७६ हजार खर्च गरेको छ ।

लेखा शाखाका प्रमुख त्रिविक्रम शर्माका अनुसार गलेश्वर–पिप्ले–भगवती–बेग सडकको पिप्ले–भगवती खण्डमा पाँच किमी कालोपत्र तथा केही ठाउँमा सडक ढलान र ग्राभेल गरिएको छ ।

मालिका गाउँपालिकाको वडा नं १ र मङ्गलाको वडा नं ५ लाई मालिकाको केन्द्र दरबाङ बजारसँग जोड्न छ्यारछ्यारेस्थित म्याग्दी नदीमा ४० मिटर लामो मोटरेबल पुल निर्माण भएको छ ।

बेनी–दरबाङ–बिम–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत मालिका गाउँपालिका–७ र धवलागिरि गाउँपालिका–७ को सिमाना भएर बग्ने म्याग्दी नदीमा ४० मिटर लामो मोटरेबल पुल निर्माण गरिएको छ ।

बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमाना अर्जेखोलामा २५ मिटर मोटरेबल पुल निर्माणको क्रममा छ । मालिका गाउँपालिका–३ र ४ को सिमाना अधिभारामा २५ मिटर लामो मोटरेबल पुल निर्माण गर्ने कार्य भइरहेको छ ।

अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी र वडा नं ५ पाउद्वार तातोपानी जोड्ने कालीगण्डकी नदीमाथि एक सय २६ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  १० : ४२ बजे

सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु, अब पहिरोले नसताउने विश्वास

काठमाडौं- राष्ट्रिय गौरवको आयोजना सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा

बाँकेमा पाटेबाघ मृत फेला

जानकी– बाँकेको राप्तीसोनारी गाउँपालिका–१ को कोर क्षेत्रमा पाटेबाघ मृत भेटिएको

खानेपानी तथा सरसफाइ नियमावली-२०८१ लागु 

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले आज खानेपानी तथा सरसफाइ नियमावली-२०८१ लागु भएको

मधेस सरकारले लियो ‘भाषा विधेयक’ फिर्ता

जनकपुरधाम– मधेस सरकारले भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१

नियन्त्रणमा आयो किटाचौरमा लागेको डढेलो (तस्बिरहरू) 

काठमाडौं– ललितपुरको गोदावरी नगरपालिका २ नं. वडाको किटाचौर क्षेत्रमा लागेको डढेलो