रुसमा रोकिएका एयर इन्डियाका यात्रुहरू सान फ्रान्सिस्को प्रस्थान « Khabarhub

रुसमा रोकिएका एयर इन्डियाका यात्रुहरू सान फ्रान्सिस्को प्रस्थान


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसमा रोकिएका एयर इन्डियाका यात्रुहरू सान फ्रान्सिसको प्रस्थान गरेका छन् ।

एयर इन्डियाको दिल्ली-सान फ्रान्सिस्को उडानमा प्राविधिक समस्या देखिएपछि रुसको क्रास्नोयार्स्क विमानस्थलमा आकस्मिक गरिएको थियो । 

एयर इन्डियाले सामाजिक सञ्जाल एक्समार्फत उक्त विमान रुसबाट सान फ्रान्सिसको प्रस्थान गरिसकेको जनाएको छ । एयर इन्डियाको एआई-११७९ विमान क्रस्नोयार्स्कबाट सान फ्रान्सिस्को (एसएफओ) को लागि सबै यात्रु तथा चालक दलका सदस्य लिएर उडान भरेको एयर इन्डियाले जनाएको छ ।

उडानपछि मस्कोस्थित भारतीय दूतावासले पनि यात्रुहरूलाई सहयोग गरेकोमा रुसको विदेश मन्त्रालय लगायत अन्य सहयोगी निकायहरूलाई धन्यवाद दिएको छ ।

यसअघि एयर इन्डियाले प्राविधिक समस्याका कारण क्रास्नोयार्स्क विमानस्थलमा फसेका  विमानका यात्रुहरूलाई सान फ्रान्सिसको पुर्याउन राहत उडानका लागि स्वीकृति प्राप्त गरेको बताएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  १ : ४५ बजे

नेपालमा विपद् : साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु  

काठमाडौं– विभिन्न विपद्का घटनामा परी साढे ९ महिनामा ४ सय

गण्डकीका ३५ सहकारी खारेज

गलकोट– सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले गण्डकीमा निष्क्रिय रहेका

राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दुईवटा प्रतिवेदन पेस भएका छन् ।

युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घका २७ सदस्य राष्ट्रहरूले औपचारिक रूपमा युरोपेली सङ्घमा

अनशनरत अजय सोडारीलाई भेट्न माइतीघर पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)

काठमाडौं– विभिन्न माग राखी ९ दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा बसिरहेका जेन-जी