बाध्यताले कांग्रेस-एमाले सरकार बनाउनु परेको हो : मन्त्री पाण्डे « Khabarhub

बाध्यताले कांग्रेस-एमाले सरकार बनाउनु परेको हो : मन्त्री पाण्डे


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आफू निष्ठाको राजनीतिबाट कहिल्यै नझुक्ने बताएका छन् ।

शनिबार नेपाली काँग्रेस बाजुरा काठमाडौँ सम्पर्क समितिका सभापति अधिवक्ता सूर्य बहादुर शाहको अध्यक्षतामा आयोजित बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले साे कुरा बताएका हुन् ।

तीन पटकसम्मको संसदीय यात्रामा रहेका पाण्डे पहिलो पटक मन्त्री बनेसँगै काँग्रेस बाजुरा सम्पर्क समितिले सम्मान गरेको हो ।  कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले बाजुरा जिल्लाका मतदाता, शुभेच्छुक तथा शुभचिन्तक प्रति कृतज्ञता प्रकट गरे । 

उनले भने, जिल्लाका सबै मतदाता प्रति कृतज्ञ छु । अहिले जे प्राप्त गरेको छु, कार्यकर्ता, पार्टी र नेताहरूको विश्वासका कारण भएको हो । निष्ठाको राजनीतिबाट कहिल्यै झुक्न दिन्न । उनले शुभेच्छुकहरूबाट विकृति, विसङ्गति र भ्रष्टाचार अन्त्य गर्नुपर्ने शुभेच्छा पाइरहेको बताए । 

मन्त्री पाण्डेले मन्त्री, प्रधानमन्त्रीहरू गतिहीन हुन नहुनेमा जोड दिए । फरक प्रसङ्गमा  बोल्दै मन्त्री पाण्डेले काँग्रेस र एमाले मिलेर सरकार बनाउनु रहर नभएर बाध्यता भएको दाबी गरे । 

उनले अघिल्लो सरकारले ल्याएको बजेट प्रति असन्तुष्टि हुँदा हुँदै पनि कार्यान्वयन गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे। मन्त्री पाण्डेलाई काँग्रेस नेता कार्यकर्ताहरूले जिल्ला र मुलुकको शिर ठाडो पार्ने गरी काम गर्न समेत अनुरोध गरेका थिए । 

साथै जिल्लाका सम्भावित पर्यटन क्षेत्रको विकासका लागि विशेष पहल गर्न समेत आग्रह गरेका थिए । कार्यक्रममा जिल्ला सभापति, पूर्व सभापतिहरू, संविधानसभा सदस्यका साथै पार्टीका विभिन्न तहका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ५ : ५७ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७