सालको अवैध काठसहित भारतीय सफारी गाडी नियन्त्रणमा « Khabarhub

सालको अवैध काठसहित भारतीय सफारी गाडी नियन्त्रणमा


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

रौतहट –सशस्त्र प्रहरी र वन सुरक्षा टोलीले रौतहटको गुजारा नगरक्षेत्रबाट अवैध सालको गोलिया काठसहित भारतीय नम्बरको सफारी गाडी नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको अस्थाई बेस हरिनगरका प्रमुख सई कृष्णनन्दन यादवको कमाण्डमा सव डिभिजन बन कार्यालय जंगलसहियाबाट गएको संयूक्त टोलीले आज बिहान गुजरा ४ लालबकैया नदी किनार बाट उक्त काठ सहितको सफारी गाडी नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको एचपी ३१ सी ०७३३ नम्बरको सफारी गाड़ीमा जंगलबाट अबैध चोरीलुकी ल्याईएको ५ थान सालको गोलिया २० क्युबिफिट काठ बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्।

बरामद काठ र गाडी सहितको कुल १५ लाख ६० हजार मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि सव डिभिजन बन कार्यालय जंगलसहियामा बुझाईएको सशस्त्र प्रहरी द्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ८ : २० बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय