जापानमा कीर्तिमानी गर्मी, कृषि क्षेत्रमा विशेष जोखिम | Khabarhub Khabarhub

जापानमा कीर्तिमानी गर्मी, कृषि क्षेत्रमा विशेष जोखिम


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

टोकियो – जापानमा आइतबार जापानका २०० भन्दा बढी स्थानहरूमा अत्यधिक तापक्रम बढ्ने पूर्वानुमान गरिएको छ ।

गर्मीले जापानका ती स्थानहरूको कीर्तिमान तोड्ने अनुमान गरिएको जापान मौसम सङ्घका अनुसार अत्यधिक गर्मीका कारण आउने उष्ण लहर अगस्ट वा सेप्टेम्बरसम्म जारी रहने अपेक्षा गरिएको छ । यसले स्वास्थ्यलाई मात्र नभई कृषि उद्यमलाई असर पार्दा र खाद्य सुरक्षाको जोखिम निम्त्याएको छ ।

यहाँको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेको र १२ दिनमा पहिलो पटक १३० भन्दा बढी स्थानहरूमा कडा गर्मी भएको मौसम पुर्वानुमान कार्यालयको तथ्याङ्कले देखाएको छ । यसले देशभरका बालबालिकालाई लामो गर्मी बिदा दिन बाध्य बनाएको छ ।

जापानको शिजुओका सहर देशको सबैभन्दा तातो ठाउँ हो । यहाँ ३८.९ डिग्री सेल्सियससम्म तापक्रम रेकर्ड गरिएको छ । टोकियो क्षेत्रको फुचु सहरमा तापक्रम ३८ डिग्री सेल्सियस रहेको छ । हाल टोकियोका केही क्षेत्रहरूको तापक्रम ३५.८ डिग्री सेल्सियस पुगेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ११ : ०२ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका