पर्सामा दुई हजार दुई ९१ क्युफिट काठ बरामद « Khabarhub

पर्सामा दुई हजार दुई ९१ क्युफिट काठ बरामद


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

पर्सा– डिभिजन वन कार्यालय पर्साले अवैध रुपमा काठको चोरी तथा तस्करी गर्नेबाट दुई हजार दुई सय ९१ क्युफिट काठ बरामद गरेको छ ।

कार्यालयले आर्थिक वर्षदेखि २०७९–८० देखि २०८०–८१ सम्ममा सो परिमाणको काठ बरामद गरेको डिभिजन वन कार्यालय पर्साका प्रमुख सुनिलकुमार कर्णले जानकारी दिए ।

सो अवधिमा वनपैदावार तथा वन्यजन्तु चोरी सिकारी गर्ने कार्यमा संलग्न भएका २२६ जनालाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको उनको भनाइ छ ।

कार्यालयले अवैध ढङ्गले दाउरा चोरी तस्करी गर्नेबाट पाँच सय क्युफिट बराबरको दाउरा समेत बरामद गरेको जनाएको छ ।

यस्तै, काठ दाउरा तस्करी गर्नेबाट १५ थान मोटरसाइकल, एक सय ४३ थान साइकल, छ थान ट्याक्टर, छ थान टायरगाडा, ४२ थान बञ्चरो, २० थान काठ काट्ने आरा पनि बरामद गरिएको छ ।

कार्यालयले आर्थिक वर्ष २०७९–८० मा एक सय २६ वटा वनसम्बन्धी मुद्दा दायर गरेको थियो । जसमा १२० थान वनपैदावारसँग र ६ वटा मुद्दा वन्यजन्तु चोरी सिकारीसँग सम्बन्धित थिए । आव २०८०–८१ मा भने कार्यालयले ४२ वटा वनपैदावारसँग सम्बन्धित मुद्दा दायर गरेको थियो ।

कार्यालय प्रमुख कर्णले चालु आर्थिक वर्षमा वनपैदावारसँग सम्बन्धित मुद्दालाई प्राथमिकतामा राखेर फर्स्यौट गरिने बताए ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ७ : १४ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण