लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै « Khabarhub

लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदैछन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

कांग्रेस–एमालेबीच नयाँ समीकरण बनेपछि गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

उनलाई एमाले, कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जसपा, जसपा नेपाल र एक स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।

८७ सदस्यीय प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ४, राप्रपाका ४, लोसपा र जनमतका ३–३, जसपाका २, जसपा नेपाल, एकीकृत समाजवादी, जनमोर्चाका एक–एक तथा एक स्वतन्त्र सांसद छन् ।

मुख्यमन्त्री आचार्यलाई माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले विश्वासको मत नदिने बताइसकेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  १० : ०८ बजे

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

बनेपा– काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उनीहरु बाढीपहिरोले