पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध | Khabarhub Khabarhub

पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– अविरल वर्षका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमाना फापरखेतमा पहिरो खस्दा सडकखण्ड अवरुद्ध भएको हो ।

पश्चिम म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको सो सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने गर्दछ ।

यसबाट पश्चिम म्याग्दीका बासिन्दाले सास्ती खेप्दै आएका छन् । अहिले वर्षा भइरहेको र पहिरो खसिरहेकाले पहिरो पन्छाएर यातायात सञ्चालन गर्न नसकिएको सिङ्गा तातोपानीका व्यवसायी कुमार केसीले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि यात्रु र सिमलचौर, सिमलगायतका ठाउँबाट तातोपानी अध्ययनका लागि आउने विद्यार्थीलाई समस्या भएको छ ।

धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको मालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए ।

उनका अनुसार सडकबाट करिब दुई सय मिटरमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ ।

डेढ दशकदेखि करोडौँ खर्चिएर स्तरोन्नति तथा हरेक बर्खाको समयमा दर्जनौँपटक मर्मत गरिए पनि सो सडकखण्डको फापरखेतको पहिरो झन्झन् समस्या बन्दै गएको छ ।

बेनी–४ र मङ्गला–२ को सिमानाको पहिरो झनै फराकिलो बन्दै जाँदा रोकथामका साथै वर्षा नहुँदासमेत जोखिम बढेपछि आवतजावतमा समस्या भएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  १० : २५ बजे

भूमि विधेयकमाथि संसदीय समितिमा छलफल सुरु

काठमाडौं – प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी

राईजी, अख्तियारबाट राजीनामा दिनोस्

काठमाडौं– वाइड बडी घोटालासम्बन्धी फैसलाको पूर्णपाठमा विशेष अदालतले अख्तियार दुरुपयोग

गोसाइँकुण्डमा पौडि खेल्ने क्रममा दुई जना बेपत्ता

रसुवा – गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता

कंगोको उत्तरपूर्वी क्षेत्रमा विद्रोही आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

कंगो – कंगोको इटुरी प्रान्तको कोमान्डा नगरमा आइतबार राति भएको

सभामुख घिमिरे जेनेभा प्रस्थान

काठमाडौं – सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका सङ्घ र संयुक्त