गुन्डोगनले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास « Khabarhub

गुन्डोगनले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास


४ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीका मिडफिल्डर इल्के गुन्डोगनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

३३ वर्षिय गुन्डोगनले हालै सम्पन्न युरो २०२४ मा जर्मनीको कप्तानी गरेका थिए । जर्मनीका लागि ८२ खेल खेलेका गुन्डोगन हाल बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । उनले जर्मनीका लागि १९ गोल गरेका छन् ।

अहिले बार्सिलोना छोडेर म्यानचेस्टर सिटीमै फर्किने चर्चा चलिरहेका बेला उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।

उनले क्लब र देशका धेरै खेलहरुका कारण आफूले मानसिक र शारीरिक रुपमा पनि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने निष्कर्षमा पुगेको बताएका छन् ।

प्रकाशित मिति : ४ भदौ २०८१, मंगलबार  १२ : २६ बजे

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले

यी हुन् एनपीएल महाकुम्भबारे जान्नैपर्ने कुरा : के हुँदैछ नयाँ ?

काठमाडौँ- सोमबारदेखि नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) सुरु

देशभर १३ विपद्का घटना, एक जनाको मृत्यु, आठ घाइते

काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का

एल क्लासिकोमा रियल मड्रिड र बार्सिलोना भिड्दै

काठमाडौं- आज राति स्पेनी फुटबलका महारथीहरु बार्सिलोना र रियल मड्रिडबीच

बर्जुमा बोराभित्र एक पुरुषको शव भेटियो

सुनसरी– सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा