मेची भन्सारको राजस्व १५ प्रतिशतले बढ्यो « Khabarhub

मेची भन्सारको राजस्व १५ प्रतिशतले बढ्यो


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भद्रपुर – मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा एक अर्ब २९ करोड पाँच लाख ३९ हजार राजस्व संकलन गरेको छ । गत आव २०८०-८१ को सोही अवधिको तुलनामा यो १५ दशमलव ९३ प्रतिशतले बढी हो । 

मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार गत आवको साउनमा एक अर्ब ११ करोड ३२ लाख ३१ हजार राजस्व संकलन भएको थियो । 

‘मेची भन्सारबाट आयात १४ दशमलव ५४ प्रतिशतले बढ्दा निर्यात भने ३३ दशमलव ९८ प्रतिशतले घटेको छ’, उनले भने, ‘चालु आवको साउनमा रु तीन अर्ब ८९ करोड १० लाख ५८ हजार बराबरको मालबस्तु आयात हुँदा एक अर्ब ८० करोड ८२ लाख ९९ हजारको निर्यात भएको छ ।’

मेची भन्सार कार्यालयको तथ्यांक अनुसार चिया, प्लाइड, भेनियर सिट, मोलासिसको निर्यात क्रमश। ३८ दशमलव ०८, ४३ दशमलव ४९, पाँच सय तीन दशमलव ९७ र सत प्रतिशतले बढ्दा अलैँची ८३ दशमलव २८, अदुवा आठ दशमलव ८६, अम्रिसो २१ दशमलव ८८, छुर्पी ७८ दशमलव ७८ प्रतिशतले घटेको छ । 

त्यसैगरी आयाततर्फ पेट्रोल चार दशमलव ५८, डिजेल ११ दशमलव ८८, फलफूल ३८ दशमलव ४७ प्रतिशतले कमी आउँदा जुट १३ दशमलव ४६, एलपि ग्याँस २७ दशमलव ३७, जिप्सम ६७ दशमलव ९५, मेसिनरी तथा पाटपुर्जा ९६ दशमलव ५८, दलहन ६८ दशमलव ४९ र तरकारी एक सय ७७ दशमलव ६३ प्रतिशतले आयात वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  १ : ०१ बजे

तस्बिरमा हेर्नुहोस्, ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस

काठमाडौं– ललितपुर महानगरपालिकाले बुधबार आफ्नो १०७ औँ स्थापना दिवस मनाएको

कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु

एजेन्सी– कम्बोडियाले सिमा क्षेत्रमा भएको झडपमा कम्बोडियामा मृत्यु हुने नागरिकको

‘मतदान सम्पन्न भएको दुई घण्टामा नतिजा आउँछ’

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा मतदान मतदान जारी छ। नेता

दिउँसैसम्म हुस्सु-कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो

कञ्चनपुर– यहाँ बिहानैदेखि हुस्सु र कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै

यस्तो छ एमाले महाधिवेशनस्थल बाहिरको अवस्था (तस्बिरहरू)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व