प्रदीप गिरिको दोस्रो स्मृतिमा कार्यक्रममा प्रचण्ड नजाने « Khabarhub

प्रदीप गिरिको दोस्रो स्मृतिमा कार्यक्रममा प्रचण्ड नजाने


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


795
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री पुष्कपमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरिको दोस्रो स्मृतिमा आयोजना हुन लागेको कार्यक्रममा सहभागी नहुने भएका छन् ।

‘स्कुल अफ डेमोक्रसी’ नामक एक संस्थाले नेता गिरिको दोस्रो स्मृति दिवसको अवसरमा आयोजना गर्न लागेको ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक संवाद कार्यक्रममा उपस्थिति नहुने भएका हुन् ।

यसअघि उक्त कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मञ्च शेयर गर्ने भनिएको थियो ।

तर, प्रचण्डको सचिवालयले अन्तिम समयमा आएर कामको व्यवस्तता देखाउँदै उक्त कार्यक्रममा उनी उपस्थित नहुने जनाएको छ ।

‘आज २ : ३० बजे प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसरमा आयोजित ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक संवाद कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ व्यस्तताका कारण नजानु हुने भएको छ,’ सचिवालयले भनेको छ ।

कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू देउवा, प्रचण्ड, नेपालसँगै नेकपा एमालेका महासचिव शंकर पोखरेल, कांग्रेसका नेता डा. शेखर कोइराला र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई बोलाइएको संस्थाले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  १ : ५९ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने