टिकटकको आठौं पत्रपछि प्रतिबन्ध हटाउन सरकार लचिलो, क्याबिनेटमा प्रस्ताव लगिँदै « Khabarhub

टिकटकको आठौं पत्रपछि प्रतिबन्ध हटाउन सरकार लचिलो, क्याबिनेटमा प्रस्ताव लगिँदै


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले प्रतिबन्धको ८ महिनापछि चिनियाँ मल्टिमिडिया प्लेटफर्म टिकट खुलाउने संकेत दिएको छ ।

सिंगापुरस्थित टिकटकको कार्यालयले नेपालको सबै नियम-कानुन मान्न तयार रहेको र त्यहीअनुसार नियमन गर्दा हुने आशयको पत्र पठाएपछि सरकारले टिकटकमाथिको प्रतिबन्ध खुलाउने तयारी गरेको हो ।

त्यसका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आवश्यक परामर्श र छलफल अघि बढाएका छन् । मन्त्री गुरुङको सचिवालयका अनुसार टिकटकले नेपालको कानुनअनुसार सम्बन्धित निकायमा दर्तादेखि करसम्बन्धी कानुन पनि मानेर अघि बढ्ने प्रतिबद्धता जनाएपछि प्रतिबन्ध हटाउने गरी छलफल थालिएको हो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले २०८० कात्तिक २७ गतेको निर्णयबाट टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । खास गरी एमाले नेता महेश बस्नेत र माओवादी कार्यकर्ता शान्ति बरालबारेका आपत्तिजनक सामग्री भाइरल भएपछि टिकटलाई सरकारले निशाना साँधेको थियो।

त्यसबेला यी दुईजनासँग सम्बन्धित कन्टेन्ट भाइरल भएपछि सरकारले टिकटकका माध्यमबाट सामाजिक सद्भाव खल्बलिएको भन्दै प्रतिबन्ध लगाएको थियो ।

अब प्रचण्डले सरकार छाडिसकेपछि सत्तामा फर्किएका केपी शर्मा ओली क्याबिनेटले फेरि टिकटकलाई खुलाउने निर्णय लिन लागेको हो । टिकटकले पछिल्लो पटकसहित आठौं पत्र सरकारलाई पठाएको थियो । उसले नेपालमा दर्ता हुन तयार रहेको, नेपालको कानुन पनि तयार रहेको जनाउ दिएपछि अब प्रतिबन्ध हटाउनेतर्फ सरकार अघि बढेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई टिकटकले पछिल्लो पटक पठाएको पत्रका आधारमा मन्त्री गुरुङ पनि प्रतिबन्ध खुलाउन लचिलो भएका हुन् । अब सरकारले तीन महिनाभित्र सूचीकरण गरिसक्नुपर्ने गरि प्रतिबन्ध हटाउने तयारी थालेको छ । त्यसका लागि क्याबिनेटमा प्रस्ताव लैजाने गरी तयारी थाल्न सञ्चारमन्त्री गुरुङले कर्मचारीलाई निर्देशन दिएका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पनि टिकटको पछिल्लो पत्रका आधारमा खुलाउँदा हुने जनाउ दिएपछि तयारी थालिएको हो । मन्त्री गुरुङले आवश्यक अध्ययन र प्रक्रिया पूरा गरेर खुलाउने गरी तयारी थाल्न कर्मचारीहरूलाई भनेका हुन् ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ४ : ०७ बजे

अमेरिकाको जलवायु सन्धि बहिर्गमन खेदजनक : ईयू

एजेन्सी– युरोपेली सङ्घ (ईयू) युनियनका जलवायु प्रमुखले अमेरिकाले संयुक्त राष्ट्रसङ्घीय

एनएमबि बैंकको ३० औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा

विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्व परिवर्तन कति सम्भव ?

काठमाडौं– यतिबेला देशकै ठूलो पार्टी नेपाली कांग्रेसको विशेष महाधिवेशनको विषय

निषाद जातिको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ 

काठमाडौं– सर्वोच्च अदालतले निषाद जातिलाई आरक्षण कोटा निर्धारण गर्न आदेश

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

जानकी– जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक नागरिकता