नागरिक र राज्य नजोडिएसम्म लोकतन्त्र सफल हुन सक्दैन : शंकर पोखरेल « Khabarhub

नागरिक र राज्य नजोडिएसम्म लोकतन्त्र सफल हुन सक्दैन : शंकर पोखरेल


४ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिक र राज्य नजोडिँदासम्म लोकतन्त्र सफल हुन नसक्ने बताएका छन् ।

‘स्कुल अफ डेमोक्रसी’ संस्थाले नेपाली कांग्रेसका प्रदीप गिरिको दोस्रो स्मृति दिवसको अवसरमा मंगलबार गरेको ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘जबसम्म नागरिक र राज्य जोडिँदैनन्, तबसम्म लोकतन्त्र सफल हुन सक्दैन’, महासचिव पोखरेलले भने, ‘कुनै पनि देश सफल हुन राज्य र नागरिकबीचको सम्बन्ध पनि राम्रो हुन जरुरी छ ।’

उनले नेपाली समाजमा राज्य र नागरिक जोडिन नसकेको पनि बताए । ‘नेपाली समाजमा राज्य र नागरिक जोडिन सकेकै छैन,’ पोखरेलले भने, ‘जसले चर्को स्वर गर्छ, उसका पछि जनताहरू झुम्मिने अवस्था छ । यसले समाजलाई सही दिशा दिँदैन ।’

महासचिव पोखरेलले राजनीतिक अस्थिरता र सामाजिक अराजकता नै नेपाली राजनीतिको चुनौतीका रूपमा रहेको पनि बताए ।

विकास र समृद्धिका लागि धेरै दल नभएर बलिया राजनीतिक दल आवश्यक रहेकाले कांग्रेस र एमालेबीच सहकार्य र सहमति गरिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ४ भदौ २०८१, मंगलबार  ४ : ३४ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली