सबैसँग सल्लाह गरेर संविधान संशोधन गरिन्छ : देउवा « Khabarhub

सबैसँग सल्लाह गरेर संविधान संशोधन गरिन्छ : देउवा


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैसँग सल्लाह गरेर संविधान संशोधन गरिने बताएका छन् ।

कांग्रेस नेता प्रदीप गिरिको दोस्रो स्मृति दिवसको अवसरमा मंगलबार आयोजित ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक संवाद कार्यक्रममा उनले छलफल गरेरै संविधान संशोधन गरिने बताएका हुन् ।

‘संविधानमा केही कुराहरु संशोधन गर्ने ओलीजी र मेरोबीचमा सहमति भएको हो । यहाँ लुकाउनु पर्ने केही छैन,’ देउवाले भने, ‘यो षड्यन्त्र होइन । सबैसित सल्लाह गरेर गर्ने कुरा हो ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सबैले सहमति जनाए उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन सक्ने पनि बताए ।

‘राष्ट्रियसभाको अध्यक्ष को हुने भन्ने कुरा छ । यदि सबैको सहमति हुन्छ भने उपराष्ट्रपति राष्ट्रियसभाको अध्यक्ष बन्ने इन्डियामा पनि छ, अरु देशमा पनि छ,’ उनले भने, ‘त्यो नेपालमा पनि हुने सम्भावना छ ।’

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ५ : २७ बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा