पाकिस्तानमा डुबान, मन्त्री भन्छन्– हाम्रो संरचनाले भारी वर्षा धान्नै सक्दैन | Khabarhub Khabarhub

पाकिस्तानमा डुबान, मन्त्री भन्छन्– हाम्रो संरचनाले भारी वर्षा धान्नै सक्दैन


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकमा निर्मित भौतिक संरचनाले भारी वर्षा धान्नै नसक्ने पाकिस्तानका एक जना मन्त्रीले स्वीकार गरेका छन् । पछिल्लो समय भारी वर्षाका कारण पाकिस्तानको कराँची शहरमा डुबान भइरहेको अवस्थामा मन्त्रीको यस्तो बयान आएको हो ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार सिन्ध प्रान्तका मन्त्री सइद घानीले भारी वर्षाका लागि भौतिक संरचना तयार नभएको स्वीकार गरेका हुन् ।

 ‘मैले जहिल्यै पनि सत्य बोल्दै आएको छु । मैले धेरै पटक भन्दै आएको छु र आज पनि दोहोर्‍याउँछु– हामी भारी वर्षा धान्न सक्दैनौँ ।’ मन्त्री घानीलाई उद्धृत गर्दै डनले जनाएको छ ।

उनले कराँची शहरमा भारी वर्षा धान्नेगरी संरचनागत प्रणाली नै नरहेको समेत उल्लेख गरे । अमेरिका र युएईजस्ता विकसित मुलुकले समेत भारी वर्षाको समयमा चुनौतीको सामना गर्नु परिरहेको उल्लेख गर्दै उनले सानो पानी पर्दा खासै केही नहुने भएपनि ठूलो पानी पर्दा जनताले समस्याको सामना गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ५ : ५७ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई