भारतीय राष्ट्रपति मुर्मूलाई टिमोर लेस्तेमा सर्वोच्च नागरिक सम्मान | Khabarhub Khabarhub

भारतीय राष्ट्रपति मुर्मूलाई टिमोर लेस्तेमा सर्वोच्च नागरिक सम्मान


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय राष्ट्रपति द्रौपदी मुर्मूलाई दक्षिणपूर्वी एशियाली मुलुक टिमोर लेस्तेमा सर्वोच्च नागरिक सम्मान दिइएको छ । टिमोर लेस्तेको भ्रमणमा पुगेकी राष्ट्रपति मुर्मूलाई ‘ग्राण्ड कलर अफ द अर्डर अफ टिमोर लेस्ते’ बाट सम्मान गरिएको हो ।

टिमोर लेस्तेका समकक्षी जोसे रामोस होर्ताले मुर्मूलाई उक्त सम्मानबाट विभूषित गरेको भारतीय राष्ट्रपति कार्यालयले उल्लेख गरेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार राष्ट्रपति मुर्मूलाई सार्वजनिक सेवा र शिक्षा, सामाजिक कल्याण तथा महिला सशक्तिकरणप्रति उनको निष्ठाका लागि सम्मान दिइएको हो ।

सम्मानपछि राष्ट्रपति मुर्मूले भारत र टिमोर लेस्तेबीच कायम मैत्रीपूर्ण सम्बन्धको प्रतिबिम्बस्वरुप आफूले उक्त सम्मान ग्रहण गरेको बताएकी छिन् । फिजीन्युजिल्याण्डको भ्रमण सकेर राष्ट्रपति मुर्मू टिमोर लेस्ते पुगेकी हुन् ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ६ : १४ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले