बङ्गलादेशमा जारी हिंसाको विरोधमा ह्वाइट हाउसअगाडि प्रदर्शन « Khabarhub

बङ्गलादेशमा जारी हिंसाको विरोधमा ह्वाइट हाउसअगाडि प्रदर्शन


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बङ्गलादेशमा हिन्दु धर्मावलम्बीविरुद्ध जारी हिंसाको विरोधमा अमेरिकाको राजधानी वाशिङ्टन डीसीमा प्रदर्शन गरिएको छ । बङ्गलादेशमा हिन्दु धर्मावलम्बीविरुद्ध हिंसा भइरहेको भन्दै वाशिङ्टन डीसीस्थित राष्ट्रपति भवन ह्वाइट हाउसअगाडि प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा मानव अधिकारवादी, अमेरिकामा रहेका बङ्गलादेशी आप्रवासी समुदायका मानिसहरूको सहभागिता रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । प्रदर्शनमा सहभागीहरूले अमेरिका र बङ्गलादेशको झण्डासहित नाराबाजी गरेका थिए ।

उनीहरुले बङ्गलादेशमा नयाँ सरकारको नेतृत्व सम्हालेका नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले हिन्दु समुदायको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग गरेका थिए ।

 यसका लागि बङ्गलादेश सरकारले हिन्दु धर्मावलम्बीसहित अन्य अल्पसङ्ख्यक समुदायको सुरक्षाका लागि स्थायी प्रबन्ध गर्नुपर्ने समेत माग गरेको एएनआईले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ६ : ४१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै