काठमाडौं– भारतीय वायुसेनाले मलेसियामा सैन्य अभ्यास गरेको छ । भारतीय वायुसेनाले मलेसियाको शाही वायुसेनासँग मिलेर उदारा शक्ति नामक सैन्य अभ्यास गरेको हो ।
यस अभ्यास मलेसियाको कुअन्तनमा सञ्चालन गरिएको इण्डियाब्लुम्सले जनाएको छ । भारत सरकारले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै इण्डियाब्लुम्सले जनाएअनुसार संयुक्त सैन्य अभ्यासमा भारतीय वायुसेना र मलेसियाको शाही वायुसेनाका एसयू-३० लडाकु विमान सहभागी रहेका थिए ।
सैन्य अभ्यासका क्रममा दुबै वायुसेनाले परिचालन प्रोटोकलसम्बन्धी जानकारी तथा अनुभव आदान प्रदान गरेका थिए । यसका साथै संयुक्त सैन्य अभ्यासबाट एसयू-३० लडाकु विमानको समग्र प्रभावकारितामा पनि वृद्धि हुने अपेक्षा गरिएको छ ।
अभ्यासका क्रममा दुबै वायुसेनाका प्राविधिकहरू पनि सहभागी भएको र लडाकु विमानका जहाज मर्मतबारे पनि जानकारी आदान प्रदान गरेको जनाइएको छ ।
प्रतिक्रिया