भोटखोला जाने सडक डेढ महिनादेखि अवरुद्ध, बिरामी र सर्वसाधारण मार्कामा | Khabarhub Khabarhub

भोटखोला जाने सडक डेढ महिनादेखि अवरुद्ध, बिरामी र सर्वसाधारण मार्कामा


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्काउत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका जोड्ने एकुवा खोलाको पक्की पुल बगाएपछि डेढ महिनादेखि यातायात सेवा अवरुद्ध भएको छ । 

उत्तर दक्षिण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा बिरामी र सर्वसाधारण मार्कामा परेका छन् । मकालु गाउँपालिका–३ स्थित एकुवा खोलामा पक्की पुल बगाउँदा भोटखोलाका बिरामी र सर्वसाधारण मार्कामा परेको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताए । 

पहिराले मकालु गाउँपालिका–३ र भोटखोला गाउँपालिका–४ को बीचमा रहेको एकुवा खोलाको पुल बगाएको हो । पहिराले पक्की पुल र सडक बगाएपछि जोखिमपूर्ण यात्रामा विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता, बिरामीलाई कठिन भएको गाउँपालिका अध्यक्ष भोटेले बताए । 

गत असारको पहिलो साता मुसलधारे वर्षापछि आएको बाढीपहिरोले पुल बगाएको थियो । एम्बुलेन्स चल्न नसक्दा बिरामीलाई उपचारको लागि सदरमुकाम खाँदबारी लैजाने स्थानीयहरूले सास्ती खेप्नुपरेको छ । 

उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्ड बन्द हुँदा यहाँका बिरामी र सर्वसाधारण सदरमुकाम खाँदबारी आउन समस्या भएको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताए। हिउँदमा खाँदबारीदेखि भोटखोलाको गोलासम्म दैनिक बोलेरो र बसले यात्रुहरू ओसार्छन् । उक्त सडक अवरुद्ध हुँदा करिब १० हजार नागरिक सडक सञ्जालमा जोडिन सकेका छैन । 

पहिराले इकुवा खोलाको २० मिटर लामो पक्की पुल र पिलरसहित बगाउँदा रु चार करोड बढीको क्षति भएको उत्तर दक्षिण कोशी सडक आयोजनाले जनाएको छ । उक्त क्षेत्रमा यातायात सञ्चालन गर्न अझै दुई महिना लाग्ने उत्तर दक्षिण कोशी सडक आयोजनाले जनाएको छ । उक्त पुल विसं २०७९ मा निर्माण गरिएको थियो । पक्की पुल बगाएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा पूर्णरूपमा ठप्प भएको छ । 

यसअघि सदरमुकाम खाँदबारीदेखि भोटखोलाको बरुणसम्मको ८० किलोमिटरसम्म यातायात चल्दै आएको थियो । पहिराले उत्तर–दक्षिण राजमार्गमा पर्ने विभिन्न सडकखण्डमा क्षति पुर्‍याएको छ । डेढ महिनादेखि यातायात सेवा बन्द हुँदा भोटखोलामा खाद्यान्न संकट आउने अवस्था रहेको गाउँपालिकाले जनाएको छ । भोटखोलाको किमाथाङ्का उच्च हिमाली क्षेत्र भएका कारण त्यहाँ कोदो, मकै र आलुबाहेक खाद्यान्न उत्पादन हुँदैन । 

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ७ : ३० बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित