अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस « Khabarhub

अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस

विश्वका विभिन्न देशमा अवस्थित नेपालका राजदूतावासमा संविधान दिवस विविध कार्यक्रमका साथ आयोजना गरिएका छन्।


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वका विभिन्न देशमा अवस्थित नेपालका राजदूतावासमा संविधान दिवस विविध कार्यक्रमका साथ आयोजना गरिएका छन्।अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनस्थित नेपाली नियोगमा उक्त दिवस हर्षोल्लासपूर्वक मनाइएको ती दूतावासहरूले बेग्लाबेग्लै प्रेस विज्ञप्ति निकालेर जनाएका छन्।

अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार बिहीबार आयोजित विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा राजदूत तेजबहादुर क्षेत्री, राजदूतावासका कूटनीतिक कर्मचारी र तिनका परिवार र संयुक्त अरब इमिरेट्समा रहेका विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधि तथा कामको सिलसिलामा त्यहाँ रहेका नेपालीको उपस्थिति थियो।

यसैगरी बेइजिङस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्रकुमार यादवले संविधान दिवसको महत्वबारे चर्चा गर्दै नयाँ संविधानले मुलुकमा समानता, समावेशिता, एवं प्रजातान्त्रिक मूल्य, मान्यता स्थापनामा योगदान गरेको बताए।

चिनियाँ परराष्ट्र मन्त्रालयको एसिया मामिला विभागका महानिर्देशक लिउ जिनसङको प्रमुख आतिथ्यमा भएको समारोहमा विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो। समारोहमा बेइजिङस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधि, चिनियाँ उद्यमी-व्यवसायी, सञ्चारकर्मीलगायत दुई सय ५० जनाको सहभागिता थियो। त्यसअघि दूतावास परिसरमा नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो।

यसैगरी इजिप्टको राजधानी कायरोमा बिहीबार नै इजिप्टको परराष्ट्र मन्त्रालयका एसिया–प्रशान्त तथा अष्ट्रेलिया र न्यूजील्याण्ड मामिलासम्बन्धी सहायक विदेशमन्त्री अहमद शाहिनको उपस्थितिमा संविधान दिवस समारोह आयोजना गरियो।

इजिप्टका लागि नेपालका राजदूत सुशीलकुमार लम्सालले नेपालको संविधान देशको आधुनिक इतिहासमा कोशेढुङ्गाका रूपमा रहेको बताउँदै नेपाल र इजिप्टबीचको राजनीतिक, आर्थिक र सांस्कृतिक सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे।

समारोहमा इजिप्टका फोटो पत्रकार यासेर आला मुबारकले गत वर्ष शिवरात्रिमा पशुपतिनाथ मन्दिर परिसरमा खिचेका तस्बिरहरूको प्रदर्शनी पनि गरिएको दूतावासले जनाएको छ।

यसैगरी, कोपेनहेगनस्थित नेपाली नियोगमा आयोजित कार्यक्रममा नियोग प्रमुख सावित्रा ओलीले सात दशक लामो सङ्घर्षपछि जनताद्वारा निर्वाचित प्रतिनिधिले नेपालको संविधान बनाएको ऐतिहासिक दिनको सम्झना गर्दै लोकतन्त्रको संस्थागत विकासमा संविधानले योगदान गरेको बताए।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ६ : ३२ बजे

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी

हेर्नुहोस्, नाडा अटो शोमा राखिएका चारपाङ्ग्रे विद्युतीय गाडी

काठमाडौं– नेपालकै ठूलो अटोमोबाइल मेला नाडा अटो शो–२०२६ मा विभिन्न

पाकिस्तान–इरान वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापनामा प्रगति

इस्लामावाद- पाकिस्तान र इरानबीच भएको उच्चस्तरीय वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापना गर्ने

मुद्दा हारेपछि जब वकिलले सर्वोच्चको भवनबाट हामफाल्न खोजे…

काठमाडौं- ठगीसम्बन्धी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एकजना अधिवक्ताले सर्वोच्च अदालत

उच्च अदालत सुर्खेत, जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फर्छ्योट

जुम्ला–उच्च अदालत सुर्खेत, जुम्ला इजलासले गत आर्थिक वर्षमा ९५ दशमलव