च्याम्पियन्स लिगमा मोनाकोसँग बार्सिलोना पराजित : सबै टिममा टिनएजरको प्रभाव | Khabarhub Khabarhub

च्याम्पियन्स लिगमा मोनाकोसँग बार्सिलोना पराजित : सबै टिममा टिनएजरको प्रभाव


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

लन्डन – नाइजेरियाका स्ट्राइकर जर्ज इलेखेनाले च्याम्पियन्स लिगको डेब्युमै गोल गरेपछि मोनाकोले १० खेलाडीमा सीमित बार्सिलोनालाई २-१ ले हराएको छ।

बिहीबार मोनाकोको घरेलु रङ्गशालामा भएको खेलमा वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका १८ वर्षीय उनले ७१ औं मिनेटमा भान्डरसनले टाढाबाट दिएको बललाई नियन्त्रणमा लिँदै विपक्षी गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनलाई पार गरे।

सो खेलको १० औं मिनेटमा टेर स्टेगनको कमजोर पासका कारण आएको दबाब रोक्न इरिक गार्सियाले ताकिमु मिनामिनोलाई फल गरेपछि उनलाई सिधै रेड कार्ड देखाइएको थियो। १६ औं मिनेटमा म्याग्नेस अली आउचको गोलमा मोनाकोले अग्रता लिएको थियो। बार्सिलोनाका युवा स्ट्राइकर लामिन यमालले २८ औं मिनेटमा बराबरी गोल गरेका थिए।

रायाले बचाए पेनाल्टी

अर्को खेलमा डेभिड रायाले पेनाल्टीलाई शानदार ढङ्गले बचाएपछि आर्सनलले एटलान्टासँग गोलरहित बराबरी गरेको छ। ५१ औं मिनेटमा मेटाओ रेडेगुइको प्रहारलाई रायाले दायाँतर्फ डाइभ गर्दै बचाएका थिए। रिबाउन्ड बल रेडेगुइले अर्कोतर्फ हेड गरेपछि पनि रायाले यसलाई रोक्न भ्याएका थिए।

यसै नाटकीय दृश्यसँग एटलान्टामा भएको खेल पनि गोलरहित बराबरीमा सकिएको थियो। थोमस परेटीले डिफेन्सिभ मिडफिल्डर एडरसनलाई बायाँ साइडमा लडाएपछि आर्सनलले पेनाल्टी एटलान्टाले पेनाल्टीलाई पाएको थियो।

जर्मन क्लबको फराकिलो जित

प्रतियोगितामा दुई जर्मन क्लबले फराकिलो जितसहित सुरुवात गरेका छन्। अर्को जर्मन क्लबले पनि सोही ढङ्गले प्रतियोगिताको सुरुवात गरेको छ। बिहीबार राति वायर लिभुरकुसेनले फियुनार्डको आतिथ्य स्वीकार गर्दै नेदरल्यान्ड्समा ४-० को जित हात पारेको छ। फरेलारेन्स रिट्जले वायर लिभरकुसेनका तर्फबाट च्याम्पियन्स लिगको डेब्यु खेलमा २ गोल गरे।

रिट्जले २० यार्डबाट तल्लो कर्नरमा प्रहार गरेको बल गोलमा परिणत भएपछि जर्मन क्लबले पाँचौँ मिनेटमा नै अग्रता लिएको थियो। ३० औं मिनेटमा जेरेमी फ्रिमपङको पासमा एलेक्स ग्रिलमाडोले दोस्रो गोल गरे। ३६ औं मिनेटमा उनै फ्रिमपङको पासमा २१ वर्षीय जर्मनीका अन्तर्राष्ट्रिय खेलाडी रिट्जले टोलीका लागि तेस्रो गोल गरे।

 

मध्यान्तर अघि नै एडमन्ड टपसोभाको प्रहारलाई नियन्त्रणमा लिन खोज्दा घरेलु टोलीका गोलरक्षक टिमोन अकोए वेलन रथरले आफ्नै पोस्टमा छिराएका थिए। दोस्रो हाफमा भने ९० औं मिटमा कुनै गोल भएन।

९० औं मिनेटमा निर्णायक गोल

अर्को खेलमा ९० औं मिनेटमा विजयी गोल गर्दै एट्लेटिको म्याड्रिडले आरपी लेइपजिगलाई २-१ ले हराएको छ। चौथो मिनेटमा बेन्जामिन सेसेकोले भ्रमणकारी जर्मन क्लब लेइपजिगलाई अग्रता दिलाएका थिए। एट्लेटिकोका लागि २८ औं मिनेटमा एन्टेनियो ग्रिजम्यानले बराबरी गोल गरे। सो गोल उनको प्रतियोगिताको ३७ औं गोल हो। अन्तिम समयमा उनले नाटकीय खेलको अन्त्य गर्ने क्रममा गोलको अवसर सिर्जना गरेका थिए। उनकै पासमा जोसे मारिया गिमिनेजले हेड गोल गरे।

बेनफिकाको सफलता
अर्को खेलमा बेनफिकाले रेडस्टार बेलग्रेसँगको अवे खेलमा २-१ को जित हात पारेको छ। सो खेलको नवौँ मिनेटमा टर्कीका फरवार्ड करेम एक्टुरकोग्लुले पहिलो युरोपेली खेललाई नै सार्थक बनाउने क्रममा बेनफिकालाई सुरुवाती अग्रता दिलाएका थिए। उनले अलेक्जेन्डर बाहको पासलाई उपयोग गरेका थिए। ओर्कुन कोक्रुले २९ औं मिनेटमा २५ यार्डबाट प्रहार गरेको घुमाउरो फ्रिकिक गोलमा परिणत भए पनि मध्यान्तर अघि नै बेनफिकाले २ गोलको अग्रता लिएको थियो। खेल सकिन ४ मिनेट बाँकी रहँदा रेड स्टारका लागि फलिसियो मेन्सनले गोल गरे। पोर्चुगलका टोली बेनफिकाले पछिल्लो ८ च्याम्पियन्स लिग सहभागितामा पहिलो खेलमा नै जीत हात पारेको यो दोस्रो पटक हो।

 

ब्रेस्टको पहिलो जित

फ्रान्सेली क्लब मोनाकोले सनसनी फैलाएको राति नै अर्को फ्रान्सेली क्लब ब्रेस्टले च्याम्पियन्स लिगको इतिहासमै पहिलो जित हात पारेको छ। ह्गो माग्नेटी र अब्दुल्ला सिमाको गोलमा ब्रेस्टले स्टुआर्म ग्रुजलाई २-१ ले हराएको हो। २३ औं मिनेटमा माग्नेटीले ब्रेस्टलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा एडिमिल्सन फर्नान्डेजले आफ्नै पोस्टमा बल छिराएपछि अस्ट्रियाली टोली ग्रुजका खेलाडीले खुसी मनाउने अवसर पाएका थिए। ५६ औं मिनेटमा सिमाले गोल गर्दै फ्रान्सेली क्लबका लागि बिहीबारको रातलाई ऐतिहासिक बनाए।

२० वर्ष अघि एमच्योर तहमा खेली रहेको ब्रेस्ट गत सिजनमा घरेलु लिगमा तेस्रो हुँदै पहिलो पटक च्याम्पियन्स लिग खेलेको हो। ग्रुजले पनि सन् २०००-२१ पछि पहिलो पटक च्याम्पियन्स लिगमा सहभागिता जनाएको हो। सो टोली डिमिट्री लाभेलाले ८९ औं मिनेटमा दोस्रो पहेँलो कार्ड सहित रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको थियो।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ७ : १० बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता