भारतविरुद्ध बङ्गलादेश पहिलो इनिङ्गमा १४९ रनमा अलआउट | Khabarhub Khabarhub

भारतविरुद्ध बङ्गलादेश पहिलो इनिङ्गमा १४९ रनमा अलआउट


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं भारतविरुद्धको पहिलो टेस्टमा बङ्गलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बङ्गलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएको थियो ।

योसँगै बङ्गलादेश यस टेस्टको पहिलो इनिङ्गमा २२७ रनले पछाडि परेको छ । बङ्गलादेशका लागि सकिब अल हसनले सर्वाधिक ३२ रन बनाएका थिए भने मेहिदी हसन मिराजले २७ तथा लिटन दासले २२ रन बनाएका थिए ।

बङ्गलादेशलाई अल आउट गर्नेक्रममा भारतीय बलर जसप्रित बुमराहले सर्वाधिक ४ तथा मोहमद सिराज, आकास दीप र रविन्द्र जडेजाले २-२ विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिङ गरेको भारतले आफ्नो पहिलो इनिङ्गमा ३७६ रन बनाएको थियो । जसमा भारतीय स्पिन बल आर आश्विनले शतक प्रहार गरेका थिए ।

 आश्विनले ११३ रन बनाए भने रविन्द्र जडेजाले ८६ रन बनाएका थिए । 

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ५ : १३ बजे

‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत भाद्र

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को

सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न दुई पक्राउ

नेपालगञ्ज – बाँकेका सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको

दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई