‘ब्रेकअप सङ’लाई युट्युबमा ‘मिलियन भ्युज’, दर्शक दिँदैछन् रोचक प्रतिक्रिया | Khabarhub Khabarhub

‘ब्रेकअप सङ’लाई युट्युबमा ‘मिलियन भ्युज’, दर्शक दिँदैछन् रोचक प्रतिक्रिया


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगमी दशैँ अर्थात् असोज २४ देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा– ५’को दोस्रो गीत ‘ब्रेकअप सङ’ अहिले चर्चामा छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले यो गीतबारे फरक फरक प्रतिक्रिया दिइरहेका छन् । केहीले सकारात्मक र केहीले नकारात्मक प्रतिक्रिया दिएका छन् । यी प्रतिक्रियाबीच यो गीत तीव्र रुपमा भाइरल बनेको छ ।

यो गीतको शब्द संगीत र स्वर बालुल गिरीको हो । गीतमा महिलाको आवाज फिल्म निर्देशक दीपाश्री निरौलाले दिएकी छन् ।

गीतमा भूतपूर्व प्रेमी–प्रेमिकालाई ‘तँ’ भनेर सम्बोधन गरिएको छ । त्यहीकारण केहीले ‘योभन्दा उत्कृष्ट शब्द चयन हुन सक्ने’ तर्क गरेका छन् ।
बुधबार साँझ सार्वजनिक यस गीतले यो समाचार तयार पर्दासम्म १२ लाख ६२ हजारभन्दा बढी भ्युज पाएको छ ।

गीत सार्वजनिक भएको दिन समीर नामका सामजिक सञ्जाल प्रयोगकर्ताले युट्युब कमेन्टमा लेखेका थिए, ‘टिकटकमा भाइरल हुन्छ गीत । बल्ल केटाहरूका लागि भने जस्तै गीत आयो ।’

समीरको अनुमान जस्तै यो गीत टिकटकमा भइरल भएको छ । फिल्मको डिजिटल राइट्स किनेको ‘ओएसआर डिजिटल’ले गीतलाई १० टुक्रा बनाएर टिकटकमा सार्वजनिक गरेको छ । ती १० टुक्रामा ८० हजारभन्दा बढी टिकटक बनेका छन् । अनि भएन त भाइरल ?

यो गीतसँगै फिल्मका शीर्ष कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को ‘लुक्सले पनि चर्चा पाएको छ । उनी अघिल्ला श्रृंखलाभन्दा फरक लुक्समा देखिएका छन् । गीतमा कपाल पालेको लुक्समा सुटसहित केदार प्रस्तुत भएका छन् ।

यो गीतबारे सुशील पोखरेल फेसबुकमा लेख्छन्, ‘माग्ने बूढा त बबमार्ली जस्तो पो देखिए ।’

उनले माग्ने बूढाको गेटअप मन पराएका छन् । उनी अगाडि लेख्छन्, ‘इमानदारीसाथ भन्दा माग्ने बुढा मन प¥यो ।’

फिल्मका लेखक एवम् शीर्ष कलाकार दीपराज गिरीले फेसबुकमा गीतको युट्युब लिंक राखेका छन् । त्यसमा आएका रोचक कमेन्टले यो गीतको लोकप्रियता स्पष्ट हुन्छ ।

सन्दीप पाखरेल लेख्छन्, ‘तेस्रो पटक हेर्दै छु दाइ, ढिलो आयो कडा आयो ।’

नायका राजबल्लभ कोइरालालाई पनि यो गीतले छोएछ । उनी लेख्छन्, ‘आकर्षक र दृश्यात्मक रुपमा मनमोहक ।’

यो गीतले फिल्मप्रति रुचि बढाएको पनि फेसबुकका कमेन्टबाट स्पष्ट हुन्छ । अनुश शर्मा ओली र ठूले किरातीले दीपकलाई प्रश्न गरेका छन्, ‘कतारमा कहिले प्रदर्शनमा आउँछ ?’

त्यस्तै, खेम पुनले ‘छक्का पञ्जा–४’ युट्बमा नहालेकाले यो गीत सेयर गरिदिन गरेको आग्रह अस्वीकार गरेका छन् । उनी लेख्नछन्, ‘छक्का पञ्जा ४ युट्बुमा नहालेसम्म यो गीत सेयर गरिँदैन ।’

दिपेश गुरुङ शब्द चयनमा असन्तुष्टि जनाउँदै निर्माण पक्षले दर्शकअनुसारको काम गरेको तर्क गर्छन् ।

उनी लेख्छन्, ‘गीतमा शब्द अलिक ठाडो भएको जस्तो लाग्यो । मिठास केही कम भएको जस्तो छ । तर जस्तो दर्शक उस्तै गीत भएको छ ।

निर्देशक तथा निर्माता सन्तोष सेनलाई पनि गीतले उत्सुकता पैदा गरेछ । छक्का पञ्जा टिमलाई मनोरञ्जनको भण्डार बताउँदै उनी लेख्छन्, ‘प्रतिक्षाको ब्यग्रता अझै बढ्यो ।’

त्यस्तै, नायिका नीता ढुंगानाले ‘ब्रेकअप सङ’ सेयर गर्दै दशैंमा ‘छक्का पञ्जा–५’ हेर्न दर्शकलाई आग्रह गरेको आशयको क्याप्सन राखी दीपकलाई ट्याग गरेकी छन् । उक्त पोस्टै उनले अन्तिममा आफ्नो फिल्मको प्रचार गर्न भ्याएकी छन् ।

उनी लेख्छिन्, ‘दसैँ आयो, फिल्म हेरौंला, कुन फिल्म हेरौँला ? छक्का पञ्जा हेरौँला । हो फूलपातीमा छक्का पञ्जा–५ । कति रमाइलो गीत । दशैंतिहार सकिएपछि कात्तिक ३० मा हाम्रो फिल्म ह्रस्वदीर्घ है त । हल्का रमाइलो ।’

यस्तो छ गीतको भिडियो

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ७ : ०६ बजे

‘सुडानको आधाभन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायता आवश्यक’

एजेन्सी– सुडानको आधा भन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायताको आवश्यकता रहको

महासङ्घ ‘ट्रबलसुटर’ को भूमिकामा : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमी, व्यवसायी

हरिचौर-मल्म-पाण्डवखानी सडक स्तरोन्नति गरिँदै

गलकोट–  ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’अन्तर्गत पर्ने बागलुङको हरिचौर-मल्म-पाण्डवखानी

आन्दोलनरत दललाई वार्तामा आउन नवनियुक्त मुख्यमन्त्रीको आग्रह

जनकपुरधाम– मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री  सरोजकुमार यादवले आफूविरुद्ध आन्दोलनमा

इराकमा आदिवासीबीच झडप, आठ जनाको मृत्यु

एजेन्सी– मध्य इराकमा कृषि जग्गाको विवादलाई लिएर भएको आदिवासी झडपमा