कर्णाली यश्विज टिमबाट ‘एभरेस्ट वुमन्स भलिबल लिग’ खेल्दै अमेरिकाकी ग्याब्रीएल बेन्डा « Khabarhub

कर्णाली यश्विज टिमबाट ‘एभरेस्ट वुमन्स भलिबल लिग’ खेल्दै अमेरिकाकी ग्याब्रीएल बेन्डा


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाकी ग्याब्रीएल बेन्डाले कर्णालीको ‘कर्णाली यश्विज’ टिमबाट वात्साल्य ‘ुएभरेस्ट वुमन्स भलिबल लिग’ खेल्ने भएकी छिन। बिहीवार ‘यश्विज टिम’ ले एक कार्यक्रमको आयोजना गरी ग्याब्रीएलले आफ्नो टिमबाट खेल्ने खबर सार्वजनिक गरेको हो।

नेपालमा पहिलो पटक हुन लागेको ‘एभरेष्ट वुमन भलिबल लिग (ईडब्लुभिएल)’ को केही दिन अघि मात्र कर्णालीमा ‘ट्रफी अनावरण समारोह’ अर्थात ‘ट्रफी टुर’ सम्पन्न गरिएको थियो। ट्रफि अनावरणपछि यश्विजले ग्याब्रीएलबारे घोषणा गरेको हो।

रमेश कर्पोरेसनले हेर्दै आइरहेको ‘कर्णाली यश्विज’ बाट खेल्न लागेकी ग्याब्रीएल अमेरिकाको घरेलु लिगमा परिचित अनुहार हुन। उनी अमेरिकाको राष्ट्रिय भलिबल खेलाडी हुन। उनले राष्ट्रिय तहको थुप्रै खेलहरू खेलिसकेकी छिन। 

खेलकुद विकास र महिला भलिबलको उत्थान गर्ने मूल उद्देश्यको साथ सुरु भएको ‘कर्णाली यश्विज’ टिममा आफू जोडिन पाउँदा खुसी लागेको बताएकी छिन। नेपाल जस्तो सुन्दर देशमा भलिबल खेल्न पाउँदा आफूलाई गौरवान्वित महसुस भएको उनको भनाई छ।

‘एभरेष्ट वुमन भलिबल लिग’ यहीँ असोज १४ देखि १९ गते सम्म काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको‌ कभर्ड हलमा हुँदैछ। लिगमा ६ टोलीको सहभागितामा हुनेछ। कर्णाली यश्विज टिमबाट प्रशिक्षकमा भलिबल महिला टोलीको प्रमुख प्रशिक्षक कुमार राई छन् । उनी ‘न्यु डाइमन्ड युथ स्पोट्स क्लब’ को प्रमुख अध्यक्ष समेत हुन्। 

उनको प्रशिक्षण र ग्याब्रीएल बेन्डाको साथ र समर्थनले कर्णाली यश्विज टिमले ‘एभरेष्ट वुमन भलिबल लिग’को ट्रफी उचाल्नेमा सबै विश्वस्त छन्।

कर्णालीको टिम–सुमित्रा रेग्मी, मिना सुनार, मनिषा चौधरी, यमुना रसाइली, सुनिता राई, सृष्टि खड्का, गरिमा बोहोरा र पशुपति बोहरा

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ७ : २१ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले