इजरायलको आक्रमण : गाजामा ७३ जनाको मृत्यु « Khabarhub

इजरायलको आक्रमण : गाजामा ७३ जनाको मृत्यु


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

इजरायल – उत्तरी गाजामा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ७३ जनाको ज्यान गएको छ। हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार राति भएको आक्रमणमा धेरै जना घाइते भएका छन् भने कोही घरमा अड्किएका छन्। इजरायलले धेरै जना मारिएको बताए पनि हमासले भने फरक दाबी गरेको छ।

इजरायली सेनाले इन्डोनेसियन अस्पतालमा बन्दुक प्रहार गरेको एक घण्टापछि सो आक्रमण भएको हो। प्यालेस्टाइनी समाचार संस्था वाफाका अनुसार यसरी भएको आक्रमणमा धेरै घरहरू समेत नास भएका छन्।

इजरायलले अक्टोबर महिनादेखि हमासका लडाकुलाई सङ्गठित हुनबाट रोक्नका लागि उत्तरी गाजामा आक्रमण तीव्र बनाएको हो। एक दिन अघि मात्र जाबालियाको शरणार्थी शिविरमा भएको आक्रमणमा ३३ जनाको ज्यान गएको थियो।

शनिबार मात्र संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार अधिकारी जोयस मसुयलो उत्तरी गाजाको अवस्था ज्यादै खराब रहेको जनाउँदै यसलाई तत्काल रोक्न आवश्यक भएको कुरामा जोड दिए।

शनिबार मात्र इजरायलले लेबनानको राजधानी बेरुतमा समेत ठुलो आक्रमण गरेको छ। इजरायलले हिजबुल्लाहले हतियार भण्डारण गरेको स्थान नास गर्नका लागि आक्रमण गरेको बताएको छ। हिजबुल्लाहको इन्टलिजेन्स हेड क्वार्टर रहेको डाहिए अहिले इजरायलको निसानामा छ।

शनिबार हिजबुल्लाहले पनि उत्तरी इजरायलमा आक्रमण गरेको छ। सो आक्रमणमा एक जनाको ज्यान गएको छ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ९ : ०४ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा