देश/प्रदेश

रवि लामिछानेलाई कास्की अदालतमा पेस गरिँदै, आसपास क्षेत्रमा सवारी निषेध

By खबरहब

October 20, 2024

काठमाडौं– सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई केहीबेरमा जिल्ला अदालत कास्कीमा पेस गरिँदैछ ।

लामिछानेलाई अदालत पेस गरिने भएपछि सम्भावित भिडभाडलाई मध्यनजर गरेर कास्की जिल्ला अदालत अगाडिको सडकमा सवारी आवागमन निषेध गरिएको छ ।

लामिछानेका समर्थक तथा अन्य व्यक्तिहरूको पनि सवारी चल्न नदिने प्रहरीको तयारी छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रवार साँझ काठमाडौंबाट पक्राउ गरेर लामिछानेलाई सडकमार्ग हुँदै शनिबार बिहान ३ बजे पोखरा पुर्‍याइएको थियो ।

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो ।

शनिबार अदालत बन्द भएकाले उनलाई आज अदालतमा पेस गर्न लागिएको हो ।