रविलाई अदालत उपस्थित गराइयो  « Khabarhub

रविलाई अदालत उपस्थित गराइयो 


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काडमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले अदालतमा उपस्थित  गराइएको हो ।

लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासमा पेस गरिएको छ ।

सहकारी ठगी तथा सङ्गठित अपराधमा शुक्रबार  पक्राउ परेका उनीलाई शनिबार बिहान ३ बजे कास्की पुर्‍याइएको थियो ।

शनिबार अदालत बन्द भएपछि आज आइतबार अदालतमा उपस्थित गराइएको प्रहरीको भनाइ छ ।

उनलाई अदालतमा उपस्थित गराइनुभएपछि भिडभाड र नाराबाजीका गतिविधि हुने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहीद चोक आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोखरा महानगरपालिकाको चार किल्ला भित्रको क्षेत्रमा लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ संशोधनसहित को दफा ६ को उपदफा ३ (कं) बमोजिम बिहान पौने १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् ।

तर यता रास्वपा नेता तथा शुभचिन्तकहरूले भने प्रशासन कार्यालय कास्कीले पोखराको निर्णय प्रति आपत्ति जनाएका छन् ।

यता रास्वपा नेता शिशिर खनालले लामिछानेलाई प्रहरीले भिडबाट छलेर घुमाउँरो बाटो मार्फत अदालत लगेको दाबी गरे ।

उनले सरकार राजनीतिक स्वार्थ र प्रतिशोधले ग्रसित भएर उपस्थित भिडबाट डराएको बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  १ : ४३ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट