रविलाई अदालत उपस्थित गराइयो  « Khabarhub

रविलाई अदालत उपस्थित गराइयो 


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काडमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले अदालतमा उपस्थित  गराइएको हो ।

लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासमा पेस गरिएको छ ।

सहकारी ठगी तथा सङ्गठित अपराधमा शुक्रबार  पक्राउ परेका उनीलाई शनिबार बिहान ३ बजे कास्की पुर्‍याइएको थियो ।

शनिबार अदालत बन्द भएपछि आज आइतबार अदालतमा उपस्थित गराइएको प्रहरीको भनाइ छ ।

उनलाई अदालतमा उपस्थित गराइनुभएपछि भिडभाड र नाराबाजीका गतिविधि हुने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहीद चोक आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोखरा महानगरपालिकाको चार किल्ला भित्रको क्षेत्रमा लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ संशोधनसहित को दफा ६ को उपदफा ३ (कं) बमोजिम बिहान पौने १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् ।

तर यता रास्वपा नेता तथा शुभचिन्तकहरूले भने प्रशासन कार्यालय कास्कीले पोखराको निर्णय प्रति आपत्ति जनाएका छन् ।

यता रास्वपा नेता शिशिर खनालले लामिछानेलाई प्रहरीले भिडबाट छलेर घुमाउँरो बाटो मार्फत अदालत लगेको दाबी गरे ।

उनले सरकार राजनीतिक स्वार्थ र प्रतिशोधले ग्रसित भएर उपस्थित भिडबाट डराएको बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  १ : ४३ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी