अदालतको ढोकाबाट रविले भने, ‘ओली सरकार नढलेसम्म देशले दु:ख पाउँछ’  « Khabarhub

अदालतको ढोकाबाट रविले भने, ‘ओली सरकार नढलेसम्म देशले दु:ख पाउँछ’ 


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको ढोकाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नढलेसम्म देशले दुःख पाउने बताएका छन् ।

उनले कास्की अदालतमा उपस्थित हुने क्रममा लामिछानेले आफूलाई डेढ वर्ष लगाएर ओलीले झुटा मुद्दामा फसाएको भन्दै उनको सरकार तुरुन्त ढल्नुपर्ने बताए । उनले प्रधानमन्त्री ओली देशको सबैभन्दा ठुलो ठग भएकोले उनीमाथि अनुसन्धान हुनुपर्ने बताए ।

‘अदालतप्रति, न्यायप्रति विश्वास छ। केपी ओलीको सरकार रहिरहने हो भने यो देशले धेरै दुःख पाउँछ। अधिनायकवादी सरकारविरुद्ध देशभरबाट जो जो जहाँ हुनुहुन्छ मेरो लागि होइन  देशका लागि बाहिर निस्किनुपर्ने हुनसक्छ । पोखरामा रहनुभएका दाजुभाइ दिदीबहिनीलाई म भन्न चाहन्छु। यी सरकार नढालेसम्म केपी ओलीको शासन सत्ता रहिरहेसम्म यस्तो भइरहन्छन्,’ रविले भने, ‘यो देश कहिले बन्दैन भ्रष्टाचारीहरूलाई संरक्षण गरेर सारा सहकारी पीडितहरू आफ्नो पार्टीबाट पालेर, भ्रष्टाचारको जगमा उभिएर अरूलाई ठग भनेर झुटा मुद्दा लाउने सरकार काम छैन ।’

उनले थपे, ‘मलाई जस्तै डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो। म फेरि पनि भन्छु न्याय अदालतको एकदमै धेरै विश्वास गर्छु । म अदालती प्रक्रियामा सघाउन आएको छु। यिनीहरूको यो वर्चस्व र राज्य सत्ता कब्जा गर्ने आफ्ना मान्छे भर्ने र जनतालाई सधैँ दुःखमा राख्ने अन्तिम लडाई हो। राम्रो मान्छे फसाउने यिनीहरूको सत्ता अब अन्त्य हुनुपर्छ । पोखरामा भएका र देश विदेशबाट नेपाली नागरिकहरू एक भएर सरकारको विरोध गर्न अनुरोध गर्छु ।’

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  २ : १० बजे

मनहरामा सुकुम्बासी मोर्चाको कोणसभा, भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रहको चेतावनी

भक्तपुर– भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्बासी बस्तीका प्रभावित

म्यान्मामा नदीको बाँध फुट्दा ४० हजार प्रभावित

एजेन्सी– जुलाई –३० देखि अगस्ट –७ सम्मको मनसुनी वर्षाका कारण

बिदाको दिन प्रशासन खुलेपछि राष्ट्रिय परिचयपत्र बनाउन सहज

दमौली– सरकारी कार्यालयमा सामान्यतया सार्वजनिक बिदाका दिन सेवा प्रवाह हुँदैन

हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मन्त्रालय तथा सैन्य स्रोतका अनुसार रणनीतिक यमनी प्रान्तमा हुथी

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

भद्रपुर– पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार घाटा