अदालतको ढोकाबाट रविले भने, ‘ओली सरकार नढलेसम्म देशले दु:ख पाउँछ’  | Khabarhub Khabarhub

अदालतको ढोकाबाट रविले भने, ‘ओली सरकार नढलेसम्म देशले दु:ख पाउँछ’ 


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको ढोकाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नढलेसम्म देशले दुःख पाउने बताएका छन् ।

उनले कास्की अदालतमा उपस्थित हुने क्रममा लामिछानेले आफूलाई डेढ वर्ष लगाएर ओलीले झुटा मुद्दामा फसाएको भन्दै उनको सरकार तुरुन्त ढल्नुपर्ने बताए । उनले प्रधानमन्त्री ओली देशको सबैभन्दा ठुलो ठग भएकोले उनीमाथि अनुसन्धान हुनुपर्ने बताए ।

‘अदालतप्रति, न्यायप्रति विश्वास छ। केपी ओलीको सरकार रहिरहने हो भने यो देशले धेरै दुःख पाउँछ। अधिनायकवादी सरकारविरुद्ध देशभरबाट जो जो जहाँ हुनुहुन्छ मेरो लागि होइन  देशका लागि बाहिर निस्किनुपर्ने हुनसक्छ । पोखरामा रहनुभएका दाजुभाइ दिदीबहिनीलाई म भन्न चाहन्छु। यी सरकार नढालेसम्म केपी ओलीको शासन सत्ता रहिरहेसम्म यस्तो भइरहन्छन्,’ रविले भने, ‘यो देश कहिले बन्दैन भ्रष्टाचारीहरूलाई संरक्षण गरेर सारा सहकारी पीडितहरू आफ्नो पार्टीबाट पालेर, भ्रष्टाचारको जगमा उभिएर अरूलाई ठग भनेर झुटा मुद्दा लाउने सरकार काम छैन ।’

उनले थपे, ‘मलाई जस्तै डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो। म फेरि पनि भन्छु न्याय अदालतको एकदमै धेरै विश्वास गर्छु । म अदालती प्रक्रियामा सघाउन आएको छु। यिनीहरूको यो वर्चस्व र राज्य सत्ता कब्जा गर्ने आफ्ना मान्छे भर्ने र जनतालाई सधैँ दुःखमा राख्ने अन्तिम लडाई हो। राम्रो मान्छे फसाउने यिनीहरूको सत्ता अब अन्त्य हुनुपर्छ । पोखरामा भएका र देश विदेशबाट नेपाली नागरिकहरू एक भएर सरकारको विरोध गर्न अनुरोध गर्छु ।’

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  २ : १० बजे

गणतन्त्रको विकल्प अर्को व्यवस्था हुन सक्दैन : प्रचण्ड

कञ्चनपुर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शहीदका सपना

प्रि ओपन सेसन : झिनो अङ्कले घट्याे नेप्से

काठमाडौं– बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल

वीरगञ्जमा राजस्व उठाउन घरदैलो अभियान

वीरगञ्ज– वीरगञ्ज महानगरले लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि घरदैलो अभियान थालेको

धर्म र संस्कृति बचाउनुपर्ने समय आयो : ज्ञानेन्द्र शाही 

पोखरा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले मुलुकमा