नेपाल फर्किँदै साम्बा « Khabarhub

नेपाल फर्किँदै साम्बा


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बा आज फ्रान्सबाट नेपाल फर्किँदै छिन् ।

काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा सहभागी हुन साम्बा ढिलो गरी नेपाल फक्रिन लागेकी हुन् । साम्बा आज राती काठमाडौं आइपुग्ने एन्फाले जनाएको छ ।

साम्बाको अनुपस्थितिमा नेपालले जारी साफ च्याम्पियनसिपको पहिलो खेल खेलिसकेको छ । भुटानविरुद्धको पहिलो खेलमा नेपाल गोलरहित बराबरीमा रोकिएपछि साम्बाको अनुपस्थिति खड्किएको थियो ।

फ्रेन्च महिला लिगमा इएन अभान्ट गुईग्याम्पबाट खेलिरहेकी साम्बालाई क्लबले रिलिज नगरेका कारण रोकिनुपरेको थियो । भुटानविरुद्धको खेल फिफा विन्डोमा नपरेका कारण साम्बालाई क्लबले रिलिज गरेको थिएन ।

त्यस्तै गुईग्याम्पले यस सिजनमा जित हासिल गर्न नसकेको अवस्थामा टिममा उनको भूमिका महत्वपूर्ण रहेको भन्दै क्लबले रिलिज गरेको थिएन । गुईग्याम्पले गएराती स्ट्रासवर्गविरुद्धको खेलमा ३-२ को जित हासिल गर्दा साम्बाले पहिलो गोल गरेकी थिइन् । जुन यस सिजनमा गुईग्याम्पको पहिलो जितसमेत थियो ।

जारी साफमा नेपालले भने अर्को खेल सोमबार माल्दिभ्ससँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  २ : ५५ बजे

समाजवादी व्यवस्थाले वर्तमान समस्या समाधान गर्न सक्छः बिजुक्छें

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले समाजवादी

झण्डा जलाएर रास्वपाले आफ्नो अभद्रता देखायो : ओली

बिर्तामोड – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डाको रक्षा

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने सात चालक नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने

मुलुकका सबै समस्या समाधान गर्न नेकपा सक्षम छ : झलनाथ खनाल

काठमाडौं – पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ