साफ महिला च्याम्पियनसिप : हारबाट जोगियो बंगलादेश | Khabarhub Khabarhub

साफ महिला च्याम्पियनसिप : हारबाट जोगियो बंगलादेश


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बंगलादेश जारी साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानसँग बराबरीमा रोकिएको छ । आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेश र पाकिस्तानले १–१ गोलको बराबरी खेलेका हुन् ।

खेलको पहिलो हाफमा पाकिस्तानले १–० ले अग्रता लिएकोमा बंगलादेशले खेलको ९०औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेको थियो ।

पाकिस्तानका लागि खेलको ३१औ मिनेटमा जाहमेना मालिकले गोल गर्दै शुरुवाती अग्रता दिलाएकी थिइन् भने बंगलादेशका लागि ९०औं मिनेटमा शम्सुन्नाहरले बराबरी गोल गरेकी थिइन् ।

यो बराबरीपछि समुह ए मा रहेको पाकिस्तानको २ खेलमा एक अंक भएको छ र बंगलादेशको एक खेलमा एक अंक भएको छ । समुह ए मा पहिलो खेल जितेर भारत ३ अंकसहित शिर्ष स्थानमा छ ।

अब समुह ए बाट भारत सेमिफाइनलमा पुग्ने निश्चित भएको छ भने दोस्रो देशको टुंगो भने भारत र बंगलादेशबीचको खेलपछि लाग्ने छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ८ : २६ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका