आज २०८१ साल मंसिर ५ गते बुधबारको राशिफल « Khabarhub

आज २०८१ साल मंसिर ५ गते बुधबारको राशिफल


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल मंसिर ५ गते बुधबार तदनुसार सन् २०२४ नोभेम्बर २० तारिख। पञ्चमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। वैदेशिक क्षेत्रको रमझमले आकर्षित गर्नेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। धनको घमण्डले साथीभाइ टाढा हुनेछन्। व्यापारमा गरेको सहयात्राले फाइदा हुनेछ। राजनीतिक संगठनमा राम्रो काम गर्ने अवसर मिल्नेछ।

वृष : तपाईंको बोलीकै कारण साथी टाढा हुनसक्छन्। माया मारेको सम्पत्ति हात लाग्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। साना कुरामा तर्क नगर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मिथुन : मनमा शान्ति प्राप्त हुनेछ। ठुलो कामको सुरुवात गरेको भए नाफा हुनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशमा भन्दा स्वदेशमा आम्दानीका विकल्प प्राप्त हुनेछ। परिवारलाई बढी विश्वास गर्दा धोका हुने जोखिम रहेको छ।

कर्कट : दिन सामान्य छ। साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ। तपाईंका सहयोगीले साथ नदिँदा मन दुःखी हुनेछ। स्वास्थ्यले साथ दिने योग छ। राजनीतिक संगठनमा अल्पमतमा पर्ने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ।

सिंह : दिन राम्रो छ। तपाईंको योजना सफल बन्नेछ। दीर्घकालीन योजना बनाउन सकिन्छ। परोपकारमा मन जानेछ। कृषि क्षेत्रमा गरेको प्रयासबाट फाइदा हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्ने जोखिम रहेको छ।

कन्या : दिन राम्रो छ। सहकर्मीलाई भड्काएर आफूमात्र फाइदा लिने दिन छ। आज साथीसँग सचेत बन्नु राम्रो हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। परिवारमा सुख र शान्ति मिल्नेछ।

तुला : कला र गलाको प्रदर्शन गर्ने दिन छ। लगानीका क्षेत्रमध्ये वैदेशिक लगानीमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा खुट्टा तान्ने साथी सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। राजनीतिक संंगठनमा भने नाम र दाम दुवै रहनेछ।

वृश्चिक : दिन सामान्य छ। साना कुराले मनमा झन्झट आइपर्नसक्छ। साथीसँग तर्क नगर्नु राम्रो हुनेछ। लगानीका क्षेत्र सबल छन्। औषधीमा नियमितता नहुँदा रोगले सताउने जोखिम रहेको छ।

धनु : दिन राम्रो छ। अग्रजको निर्देशनले मनमा उत्साह बढ्नेछ। राज्यका अंकमा काम गर्दै हुनुहुन्छ भने तापाईंको उन्नति हुनेछ। परिवारले रचनात्म साथ दिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मकर : अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। परिवारभित्र धोका हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ।

कुम्भ : यात्रामा जोखिम हुनसक्छ। शुभग्रहको बहुमत भएकाले साथीभाइ र आफन्तको साथ मिल्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ।
स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा भने सानो कुराले मनमुटाव हुनसक्छ।

मीन : साथीभाइसँग थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। अनुत्पादक क्षेत्रको खर्च कटौटी गर्नु राम्रो हुनेछ। पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ५ : १० बजे

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न