युक्रेनलाई लामो दुरीको मिसाइल प्रयोगको अनुमति दिनुको अर्थ ? | Khabarhub Khabarhub

युक्रेनलाई लामो दुरीको मिसाइल प्रयोगको अनुमति दिनुको अर्थ ?

उत्तर कोरियालाई फिर्ता पठाउने या नाटोसँग सहकार्य गर्ने


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

अक्टोबर महिनाको तेस्रो सातामा युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले संसदमा रुस विरुद्धको लडाइमा विजयी योजना प्रस्तुत गरेका थिए। यो विजयी योजनामा केही महत्त्वपूर्ण कुरा पनि उनले उठाएका थिए। जेलेन्सकीको योजनामा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो)मा आबद्ध हुने, पश्चिमा देशले उपलब्ध गराएको लामो दुरीको मिसाइल उपयोगको अनुमति लिने तथा कर्स्क क्षेत्रमा रुसी सेनालाई खेद्ने योजना जेलेन्सकीको थियो।

जेलेन्सकीले यो योजना संसदमा प्रस्तुत हुँदै गर्दा अमेरिकामा डेमोक्र्याट उम्मेदवार कमला ह्यारिस र रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्प दुवै मत माग्नमा व्यस्त थिए। बारम्बारको मत सर्वेक्षणले ह्यारिसलाई १ प्रतिशतमाथि देखाएको थियो। मतलब युक्रेनलाई हेर्ने अमेरिकी नीति यथावतै रहने अनुमान गरिएको थियो।

अमेरिकी निर्वाचनमा तत्काल रुस युक्रेन युद्ध सक्ने घोषणा गरेका डोनाल्ड ट्रम्प विजयी भइसकेका छन्। उनको कार्यकाल २० जनवरीबाट सुरु हुनेछ। यसअघि नै वर्तमान राष्ट्रपति जो बाइडेनले नव निर्वाचित ट्रम्पलाई स्वागत गरिसकेका छन्। सोही समयमा भएको दुई पक्षीय वार्ताका सबै विवरण बाहिर आइसकेको छैन।

अमेरिकी सुरक्षा निकायको सूचना अनुसार ५० हजार उत्तर कोरियाली सेना रुसमा छन्। यिनीहरू युक्रेनविरुद्धमा लडाइँमा प्रयोग हुन चाहन्छन्। अहिले बाइडेनले मात्र होइन, संसारले अनुमान गरेको तथ्य के हो भने २० जनवरीपछि ट्रम्पले रुस र युक्रेन बिच वार्ताको सुरुवात गर्ने छन्। सो भन्दा अघिको पोजिसनको आधारमा नै सो वार्तामा कसले के गुमाउने या पाउने भन्ने कुरा भर पर्नसक्छ। युक्रेनले अमेरिकाले उपलब्ध गराएको लामो दुरीको मिसायल प्रहार गरिसकेकाले त्यो वार्ता अगाडि युद्धले कुन रुप लिन्छ भनेर अहिले नै अनुमान गर्न सक्ने अवस्था छैन।

बाइडेनले कर्सकमा उत्तर कोरियाली सेना रहेपछि लामो दुरीको मिसाइल प्रयोग गर्ने अधिकार दिए लगत्तै युक्रेनले त्यसको प्रयोग गरेको हो। यसमा विभिन्न खाले प्रतिक्रिया व्यक्त भएका छन्। बाइडेनले फेरि अर्को प्रतिक्रिया दिएर आफ्नो निर्णय शतप्रतिशत सही भएको जनाइ सकेका छ। अहिले संसारको चासो ट्रम्प कोर टिमको मत, अन्य युरोपेली देशको मत तथा रुसी मतमा छ।

रुसको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै यदि युक्रेनले लामो दुरीको हतियार प्रयोग गरे यसको प्रतिक्रिया मुर्त रूपमा नै दिने जनाएको छ। रुसले यसलाई युद्धमा अमेरिकाको प्रत्यक्ष संलग्नताको रूपमा लिने पनि जनाइसकेको छ। रुसले युक्रेनले पहिलो लामो दुरीको मिसाइल प्रयोग गरेको पुष्टिसमेत गरिसकेको छ।

अहिले युक्रेनसँग आर्मी ट्याक्टिकल मिसाइल सिस्टम छ। यो सिस्टम अमेरिकाले नै उपलब्ध गराएको हो। यसले ३०० किलोमिटरको दुरीसम्म प्रभाव पार्नसक्छ। फ्रान्स र बेलायतले पनि यसै खाले हतियार दिएका छन्। तर यी पश्चिमा सहयोगीले युक्रेनलाई तत्काल यी हतियार प्रयोग गर्न बन्देज लगाएका छन्।

मंगलबार युद्ध सुरु भएको हजार दिन पुरा भएपछि बाइडेनले सो कुरा राखेका हुन्। अहिले पुष्टि नभएको समाचार अनुसार उत्तर कोरियाले एक लाख सेनासम्म पठाउन सक्ने छ। जेलेन्सकीले भने अहिले अमेरिकासँग औपचारिक वार्ता नभएको जनाएका छन्।

केही श्रोतका अनुसार उत्तर कोरियाले रुसलाई सहयोग नगरेमा अमेरिकाले युक्रेनलाई अनुमति नदिन पनि सक्छ। यदि बाइडेनले दिएको जस्तै अनुमति फ्रान्स र बेलायतले पनि युक्रेनलाई दिएमा रुसले जित हात पार्ने सम्भावना नगण्य मानिन्छ।

सेप्टेम्बर महिनामा युक्रेनले त्यस खालका हतियार प्रयोग गरेमा नाटो राष्ट्रको युद्धमा प्रत्यक्ष संलग्नताको रूपमा आफूले बुझ्ने बताइसकेका थिए। सोमबार पुटिनका प्रवक्ताले अमेरिकाले आगोमा तेल थपेको प्रतिक्रिया दिइसकेका थिए। अमेरिकाको यो प्रतिक्रिया दिएकै आसपासमा रुसी सेनाले युक्रेनमा थप आक्रमण गरेको छ। ओडिसामा १० जनाको ज्यान जानुको साथै ५० जना घाइते भएका छन्।

डोनाल्ड ट्रम्पले भने यस बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन्। उनले ५ नोभेम्बरमा सम्पन्न निर्वाचनमा जित हात पार्ने क्रममा युद्धको अन्त्य गर्ने तथा युद्धलाई सहयोग गरेको रकम अमेरिकीको जीवनस्तर सुधार्न प्रयोग गर्ने बताएका थिए।

जेलेन्सकीले भने शान्ति वार्ताका लागि ट्रम्पले रुस र युक्रेन दुवैलाई दबाब दिने अपेक्षा राखेका बताएका थिए। तर पछिल्लो प्हारले वार्ताको वातावरण बिथोलिएको अनुमान गरिएको छ। बाइडेनको निर्णयपछि फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोनले पूर्ण रूपमा राम्रो निर्णय मानेका छन्। अमेरिकी निर्णयपछि स्टर्म स्याडो मिसाइल प्रयोगका लागि पनि बेलायत र फ्रान्सले अनुमति दिने सम्भावना बढेको छ। फ्रान्स र बेलायतले बनाएको सो मिसाइलको क्षमता अमेरिकाले बनाएको मिसाइलकै बराबरको छ।तर अहिलेसम्म म्याक्रोन र बेलायती प्रधानमन्त्री केएइर स्टेइमरले मिसाइल प्रयोगको अनुमति दिने विषयमा केही धारणा सार्वजनिक गरी सकेका छैनन्।

युद्धका बारे जानकारी राख्नेका अनुसार यसरी मिसाइल आक्रमणको लक्ष्य युद्धमा युक्रेनको जित पक्कै होइन। युद्धमा रुसी सेनालाई फ्रन्टलाइनबाट केहीपछि धकेल्ने भन्ने मात्र हो। त्यसो त रुस पनि नाटो, युरोप र अमेरिकासँग प्रत्यक्ष युद्ध चाहँदैन। तथापि यो निर्णायक कार्यान्वयन भएमा यसले नयाँ बाटो तय गर्न सक्ने छ।

युद्ध सुरु भएको एक वर्षपछि नै युक्रेनले रुसको फ्रन्टलाइनमा उपस्थिति रोक्नका लागि यो सहयोगको माग गरेको थियो। तथापि अमेरिकाले युद्धमा नाटो र आफ्नो उपस्थिति चाहँदैन थियो। रुससँग आणविक हतियार भएका कारण नै सो निर्णय नगरिएको हो। अहिले बाइडेनले सत्ता छाड्न दुई महिना पनि बाँकी नरहेको अवस्थामा सो निर्णय भएको हो।

यसअघि मे महिनामा रुसी सेना खार्किभ क्षेत्रमा प्रवेश गरीरहेको समयमा अमेरिकाले युक्रेनलाई ८० किलोमिटर टाढा जाने मिसाइल प्रयोगको अनुमति दिएको थियो। अहिले युक्रेनले धेरै जसो आफूले बनाएको हतियारको प्रयोग गरीरहेको छ। तथापि यसले कर्स्कमा रुसी सेनालाई फ्रन्टलाइनबाट हटाउन सक्ने भएका कारण यो सहयोगको अपेक्षा गरिएको थियो।

सिबिए इनिसेटिभ सेन्टरका थिङ्क ट्याङ्क ग्लिव भालोस्कीले यो निर्णय धेरैपछि भएको प्रतिक्रिया दिएका छन्। स्टडी अफ वारका अनुसार यो मिसाइलको प्रभाव क्षेत्रमा २५० रुसी सेनाको तत्त्व समावेश हुन सक्छन्।

युद्धमा युक्रेनको दाबी अलि फरक छ। क्षेत्रफलमा रुस प्रभावकारी भए पनि नोभेम्बरको पहिलो सातामा रुसले धेरै क्षति सहेको जनाइएको छ। ११ हजार ३७० जना रुसी सेना मारिएको दाबी युक्रेनको छ। तथापि यसको कतै पनि पुष्टि हुन सकेको छैन। दैनिक १२ सय जना मारिएको दाबी अमेरिकी सेना निकट श्रोतको दाबी छ। बाइडेन घोषणा र ट्रम्पको भावी नीति केही दिनमा नै आउने छ तर उत्तर कोरियाली सेना फिर्ता पठाउने या नाटो सहितको युद्ध भन्ने नयाँ सम्भावना बाइडेन घोषणापछि देखिएको छ। स्रोत : सिएनएन, स्काइ न्युज, बिबिसी, पिबिएस

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ९ : ०७ बजे

बाढी पहिरोले बन्द माथिल्लो तामाकोशी जलविद्युत आयोजना सञ्चालनमा

दोलखा– गत असोज १२ र १३ गतेको अविरल वर्षापछि आएको

वार्षिक ४५ ट्रिलियन येनको पूर्वाधार निर्यात गर्ने जापानको लक्ष्य

टोकियो – जापान सरकारले ऊर्जा र खाद्य क्षेत्रहरूमा आपूर्ति शृङ्खलाहरू

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

पर्साको पोखरियामा मालपोत कार्यालय स्थापना गर्ने निर्णय

पर्सा– पर्साको पोखरिया नगरपालिकामा मालपोत तथा नापी कार्यालय स्थापना हुने

विपन्न परिवारलाई चुलो वितरण

चितवन– चितवनको सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट नामको गैरसरकारी संस्थाले